७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी

शुक्लागण्डकी नगरपालिकामा कांग्रेसको अग्रता

शुक्लागण्डकी नगरपालिकामा कांग्रेसको अग्रता
अ+ अ-

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । सार्वजनिक मतपरिणामअनुसार नगरप्रमुखमा काङ्ग्रेस उम्मेदवार कृष्णराज पण्डितले ५०९ मत प्राप्त गर्नुभएको छ ।

गठबन्धनका तर्फबाट उप्रमुखका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का खुमबहादुर विकले ३५४ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार मुक्तिनाथ तिमिल्सिनाले ३८९ र उपप्रमुख उम्मेदवार फूलमाया वाग्लेले ३९० मत प्राप्त गर्नुभएको छ ।

हालसम्म शुक्लागण्डकी नगरपालिका वडा नम्बर १, २, ३ र ४ को एक हजार मतगणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । शुक्लागण्डकी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र०बीच गठबन्धन भएको छ ।

यस्तै म्याग्दे गाउँपालिकामा एमालेका अध्यक्ष उम्मेदवार श्रीप्रसाद श्रेष्ठले मतान्तर बढाउनुभएको छ । वडा नम्बर १, २ र ३ को दुई ६८१ मतगणना सकिँदा श्रेष्ठले एक हजार ३५६ मत प्राप्त गर्नुभएको छ ।

नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार मायादेवी रानाले ९६० मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा भने कांग्रेस उम्मेदवार बालकृष्ण घिमिरेको अग्रता कायमै छ । घिमिरेले एक हजार २६७ मत प्राप्त गर्दा एमालेकी रत्नादेवी घिमिरेले एक हजार ६७ मत प्राप्त गर्नुभएको छ ।

घिरिङ गाउँपालिकामा एक हजार ६२१ मतगणना हुँदा नेकपा ९एमाले०का अध्यक्ष उम्मेदवार होमबहादुर थापाले ८८६ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार गङ्गा कुमालले ६२० मत प्राप्त गर्नुभएको छ । नेकपा ९एमाले०का उपाध्यक्ष उम्मेदवार राधादेवी अधिकारीले ९२४ र नेकपा ९एकीकृत समाजवादी०का उपाध्यक्ष उम्मेदवार पूर्ण थापाले ३८२ मत प्राप्त गर्नुभएको छ ।

बन्दीपुर गाउँपालिकामा एक हजार ८६५ मतगणना हुँदा नेकपा ९माओवादी केन्द्र०ले अग्रता लिएको छ । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष उम्मेदवार पूर्णसिं थापाले ६१७, नेकपा ९एमाले०का अध्यक्ष उम्मेदवार सुरेन्द्र थापाले ५४५ र नेपाली कांग्रेसका उम्मेदवार धु्रवलाल प्रधानले ५१८ मत प्राप्त गर्नुभएको छ ।