१९ मंसिर २०८२, शुक्रबार
,
Latest
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिशिष्ट पर्यवेक्षकहरुबाट मतदान स्थलको निरीक्षण



अ+ अ-

काठमाडौं । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ सहितको निर्वाचन पर्यवेक्षकहरुको टिमले काठमाडौंको मध्य बानेश्वरस्थित रत्नराज्य माध्यामिक विद्यालयमा रहेको मतदान स्थलको अवलोकन गरेको छ ।

पर्यवेक्षक श्रेष्ठको टिमले काठमाडौंका विभिन्न मतदान स्थलहरुको अनुगमन गरिरहेको हो । सो क्रममा रत्नराज्य मावि पुगेको पर्यवेक्षकहरुको टीमले त्यहाँको मतदान स्थल र मतदाताहरुको गुनासोका बारेमा सम्बोधन गर्न मतदान केन्द्रको निरीक्षण गरेको जनाएको छ ।

मतदान स्थलको अवलोकनपछि सञ्चारकर्मीहरुसँग बोल्दै उहाँले अन्य स्थानहरु भन्दा मध्य बानेश्वरस्थित रत्नराज्य माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा धेरै मतदाताहरुको उपस्थिति रहेको पाइएको बताउनु भयो । धेरै मतदाताहरु भएकोले मतदान प्रक्रियामा ढिला भएको उहाँले बताउनु भयो । मतदानका लागि ज्येष्ठ नागरिकहरुलाई धेरै समय लागेकोले पनि मतदान प्रक्रियामा ढिलाइ भएको उहाँको भनाइ छ ।

पर्यवेक्षक श्रेष्ठले भन्नुभयो, ‘यो मतदाता धेरै भएको ठाउँ रहेछ । मतदाताहरुले धेरै समय कुर्नुपर्ने भयो भन्ने गुनासो गर्नुभएको छ । मैले बुझ्दा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिँदा समय लागेको भन्ने आएको छ ।’