९ भाद्र २०८३, मंगलवार
,
Latest
गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कूल गार्हस्थ्य उत्पादन : बागमतीको हिस्सा एक तिहाइ बढी हुने अनुमान



symbolic picture
अ+ अ-

काठमाडौँ । चालु आवमा राष्ट्रिय वार्षिक कूल गार्हस्थ्य उत्पादन सङ्घीय राजधानीसमेत रहेको बागमती प्रदेशको हिस्सा एक तिहाइ बढी हुने अनुमान गरिएको छ । सबैभन्दा कम कर्णाली प्रदेशको हुने अनुमान छ । केन्द्रीय तथ्याङ्क विभागले गरेको आव २०७८/७९ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादनसम्बन्धी अध्ययनअनुसार कूल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा ३६।९ प्रतिशत हुने अनुमान छ ।

गत आवमा राष्ट्रिय तहमा कूल गार्हस्थ्य उत्पादनको ३६।७ प्रतिशत हिस्सा ओगटेको थियो । चालु आवमा राष्ट्रिय वार्षिक कूल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब रु ४८ खर्ब ५२ अर्ब हुने विभागको प्रक्षेपण छ । बागमती प्रदेशको कूल गार्हस्थय उत्पादन उपभोक्ता मूल्यमा करिब रु १७ खर्ब ९१ अर्ब हुने अनुमान गरिएको छ ।

कूल गार्हस्थ्य उत्पादनमा कर्णाली प्रदेशको हिस्सा ४।१ प्रतिशत छ । कर्णालीको उपभोक्ताको मूल्यमा रु एक खर्ब ९८ अर्बको हाराहारी हुने अनुमान गरिएको छ । चालु आवमा बागमतीपछि कूल गार्हस्थ्य उत्पादनमा बढी योगदान पु¥याउने प्रदेशमा क्रमशः प्रदेश १, लुम्बिनी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेश छन् ।

कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आवमा राष्ट्रिय तहमा उपभोक्ता मूल्यमा ५।८ प्रतिशत अनुमान गरिएकामा बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ६।७ प्रतिशत र मधेस प्रदेशको वृद्धिदर सबैभन्दा कम ४।८ प्रतिशत रहने अनुमान गरिएको छ । संशोधित अनुमानअनुसार गत आवमा बागमती प्रदेशको वृद्धिदर सबैभन्दा बढी ४।६ प्रतिशत र गण्डकी प्रदेशमा सबैभन्दा म ३।७ प्रतिशत रहेको थियो ।

औद्योगिक वर्गीकरणअनुसार गत आव र चालु आवमा बागमती प्रदेशबाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान हिस्सा सबैभन्दा बढी छ । बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान बढी देखिन्छ । प्रदेशमा बढ्दो शहरीकरण, बढी जनसंख्या तथा राष्ट्रिय तहका ठूला व्यापारिक कारोबारका कारण व्यापार क्षेत्रको योगदान बढी देखिएको विभागले जनाएको छ ।

राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्र प्रदेश १, मधेस र लुम्बिनी प्रदेशमा दोस्रो हिस्सामा कायमै छ । बागमती प्रदेशमा घरजग्गासम्बन्धी कारोबार तथा आफ्नै आवास सेवाको हिस्सा दोस्रो छ । गण्डकी, कर्णाली, सुदूरपश्चिममा सार्वजनिक प्रशासन, सुरक्षा क्षेत्रको योगदान दोस्रो देखिन्छ । बागमती र मधेसबाहेक सबै प्रदेशको कूल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबैभन्दा न्यून देखिन्छ ।

चालु आवको नौ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचनाका आधारमा अनुमानित तथ्याङ्क सार्वजनिक गरिएको विभागले जनाएको छ । अनुमानित तथ्याङ्कअनुसार सबै प्रदेशको आर्थिक क्रियाकलाप कोभिड–१९ महामारी सङ्क्रमणपश्चात सामान्य अवस्थातर्फ फर्कन खोजेको विभागको निष्कर्ष छ । रासस