१ पुष २०८२, मंगलवार
,
Latest
राजश्वले कुनै लक्ष्य भेटेन इन्टरनेटको प्रयोग बिना मानिसहरु बाँच्नै नसक्ने भएः प्रदीप पौडेल ‘नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार–२०२५’ सम्पन्न, कोरीयाली लगानी र प्रविधिबारे चासो डिजिटल युगमा प्रविधिले न्यायलाई सहयोग गर्नुपर्छ, प्रतिस्थापन होइनः न्यायाधीश सुवेदी राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाले दिए राजीनामा, राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्ने नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षकमा हर्षल पाठक नियुक्त पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ : विष्णु पौडेल एमालेको खुल्ला केन्द्रीय सदस्यमा बर्तौलाको उम्मेदवारी काव्य साँझः ‘कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल बागमती प्रदेशसभा बैठक अनिश्चित
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातभरि मोबाइल चार्जमा छाड्न मिल्छ कि मिल्दैन ? थाहा पाउनुहोस्



अ+ अ-

काठमाडौं । मोबाइल फोनको उपयोग मानिसहरुको लागि जति लाभदायक छ त्यति नै हानिकारक पनि छ। अहिलेको समयमा धेरैजसो मानिसहरु स्मार्टफोनको प्रयोग गरेकै हुन्छन्। यसले तपाइँको धेरै कार्यहरुलाई सजिलो बनाउँछ, तर के तपाइँलाई थाहा छ स्वास्थ्यमा यसले कति हानि पुर्‍याउँछ ?

वास्तवमा, लामो समयसम्म मोबाइलको प्रयोगले आँखा र मस्तिष्कमा नकारात्मक प्रभाव पार्छ। धेरै मानिसहरुको मोबाइल चार्ज गर्ने बेलामा प्रयोग गरिरहने बानी नै हुन्छ, कतिले राती सुत्न अघि मोबाइललाई चार्जमा राख्ने गर्छन्, ताकि बिहान उठेपछि मोबाइल पूर्ण चार्ज भएको होस् र आफ्नो दैनिकी कुनै समस्या उत्पन्न नभई सम्पन्न गर्न पाइयोस् । त्यसैगरी दिनभरि पनि आरामले फोन चलाउन सकियोस् । 

तर के यसरी चार्जमा राख्न सही हुन्छ ? यदि मोबाइल राताभरि चार्जमा छोडेउ भने के हुन्छ ?

विज्ञहरुका अनुसार पहिले मोबाइल फोनमा चार्जिङको सन्दर्भमा केही समस्याहरु थिए, तर अहिले स्मार्टफोनको जमाना छ। जसरी तपाइँ पूरै खाना खाए पछि खानुहुन्न, त्यसै गरी स्मार्टफोनको ब्याट्रीले पनि १०० प्रतिशत चार्ज भएपछि थप चार्ज लिन बन्द गर्दछ।

विशेषज्ञहरुका अनुसार, आजका स्मार्टफोनहरु एक चार्जिंग सर्किटसंग सुसज्जित छन्, ब्याट्री १०० प्रतिशत चार्ज भएपछि स्वतः आपूर्ति बन्द हुन्छ। ब्याट्रीको चार्जिङ ९० प्रतिशत हुने वित्तिकै फेरि चार्ज हुन सुरु हुन्छ।

धेरै मानिसहरु मोबाइल फोन चार्जिंगको समयमा तातो हुँदा डराउँछन् । उनीहरुलाई ब्याट्रीमा समस्या भएको अनुभव हुन्छ । विशेषज्ञहरु भन्छन् यसरी तातो हुनपनि सक्छ नहुन पनि सक्छ । तर धेरै पटक मोबाइल भाइरसको कारणले पनि फोनको साइड भागबाट तातो हुनेगर्छ। जे होस् विज्ञहरु भन्छन् रातभर मोबाइललाई चार्ज नगर्दा नै राम्रो हो ।  (एजेन्सीको सहयोगमा)