९ असार २०८३, मंगलवार
,
Latest
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताको चेतनास्तर उकास्न राजनीतिक कक्षा सञ्चालन आवश्यकः अध्यक्ष बिजुक्छेँ



अ+ अ-

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले जनताको चेतनास्तर उकास्न र नागरिक भावना जागृत गर्न व्यवहारिक तथा राजनीतिक कक्षा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

कोभिड–१९ को जोखिमको सामना गर्नेबारे ख्वप अस्पतालका चिकित्सक एवं नर्सहरुसँग आज अन्तरक्रिया गर्दै अध्यक्ष बिजुक्छेँले नागरिकको आर्थिक अवस्थामा सुधार ल्याउनु जरुरी रहेको बताउनुभयो । अस्पतालमा गुणस्तरीय सेवा प्रवाह गर्न व्यवस्थापन पक्ष बलियो हुनुपर्नेमा उहाँले जोड दिनुभयो । अस्पतालले जनताको विश्वास जित्नुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष बिजुक्छेँले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको व्यवहार सधैँ नम्र हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा ख्वप अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अस्पतालले दिने सेवा प्रवाहमा जनताको गुनासो र विरोध हुने कुनै पनि काम नगर्न आग्रह गर्नुभयो । चिकित्सकको असल व्यवहारका कारण जनताको अस्पतालप्रतिको अपनत्व कायम हुने उहाँको भनाइ थियो ।