९ असार २०८३, मंगलवार
,
Latest
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईपिएलः विराटनगरले काठमाडौंलाई ७ रनले हरायो



अ+ अ-

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेट अन्तर्ग विराटनगर वारियर्सले काठमाडौं किङ्स–११ लाई ७ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित ८ ओभरमा ५ विकेट गुमाएर १ सय ४ रनको योगफल बनाएको थियो । 

जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंले ८ ओभरमा ३ विकेट गुमाउँदै ९७ रन बनायो ।

काठमाडौंका लागि ओपनर रमनुल्लाह गुर्वाजले १५ बलमा ३ चौका र १ छक्कासहित २८ रन बनाए ।

अर्का ओपनर राजु रिजाल १५ बलमा २४ रन बनाएर अविजित रहे । यस्तै रयान वर्ल ७ बलमा २३ रन र सुवास खकुरेलले १० बलमा २६ रन जोडे ।

विराटनगरको बलिङमा रयान पठानले सर्वाधिक २ विकेट लिए भने प्रतिस जीसीले १ विकेट लिए ।

जित निकालेपनि विराटनगर प्रतियोगिताबाट बहिरिएको छ ।  

काठमाडौं ३ खेलमा १ जितसहित लिग तालिकाको पाँचौ स्थानमा छ । काठमाडौंलाई प्ले अफ पुग्न बाँकी २ खेल जित्नु पर्ने दबाद छ ।

आजै हुने दोस्रो खेलमा ललितपुर प्याट्रियट्स र चितवन टाइगर्सले प्रतिस्पर्धा गर्दैछन् । 

यो पनिः  ईपिएलः विराटनगरले काठमाडौंलाई दियो १ सय ५ रनको लक्ष्य