३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी छिर्न खोज्ने सात यमनी आप्रवासी मारिए



अ+ अ-

साना । साउदी अरेबिया छिर्न खोज्ने सात जना यमनी आप्रवासी साउदी अबेरिबयाको सीमाक्षेत्रमा मारिएका छन् । ती आप्रवासीहरु जबर्जस्ती साउदी अरेबिया छिर्न खोजेको बताइएको छ । 

त्यस क्रममा भएको सीमा सुरक्षा बलको कारबाहीमा परेर ती आप्रबासीहरु मारिएका बताइएको छ । शुक्रबार यमनको मोनाबिह जिल्लामा ती आप्रवासी मारिएका हुन् । 

सीमामा पर्ने सो उपत्यकाबाट उनीहरु साउदी अरेबिया जान खोज्दै थिए । त्यसक्रममा अरु २१ जना घाइते भएका बताइएको छ । घाइतेहरुलाई यमनी अस्पतालमा पुर्‍याइएको छ ।

उक्त उपत्यकाबाट साउदी छिर्न खोज्ने कैयौँ आप्रवासीहरु र प्रहरीका बीचमा केही दिनयता भिडन्तहरु हुने गरेका पनि बताइएको छ । (रासस-सिन्ह्वा)