११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार नेप्से परिसूचक ६३.९८ अंकले गिरावट, ३ अर्ब ६२ करोडको कारोबार



अ+ अ-

काठमाडौँ । पछिल्लो समय निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक बुधबार पनि उच्च अंकले गिरावट आएको छ । 

बुधबार नेप्से परिसूचक ६३.९८ अंक घटेर २ हजार ५४६.६० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.५२ अंक, फ्लोट इण्डेक्स ४.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.६१ अंकले गिरावट आएको छ ।

बुधबार कारोबारमा आएका २२८ कम्पनीको ७६ लाख ५२ हजार कित्ता शेयर ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । कारोबारमा आएका २२८ कम्पनीमध्ये बुधबार २१२ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ ।  मंगलबार भने महाशिवरात्री पर्वको कारण शेयर बजार बन्द भएको थियो ।

बुधबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएका छन् । जसमध्ये वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ३.६५ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक, लगानी, जीवन बीमा उत्पादन तथा प्रशोधन, जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ । लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

बुधबार नेप्से परिसूचकमा गिरावट आए पनि रिलायन्स लाइफ इन्स्योरेन्स, सिभिल बैंक र स्वाभिमान लघुवित्तको शेयरमूल्य बढेको छ । जसमा हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा बढी ८.२६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज १६ करोडभन्दा बढीको शेयर कारोबार गरेर  नेपाल लाइफ शीर्ष स्थानमा रहेको छ । नेपाल टेलिकमको १४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।




भर्खरै