१ आश्विन २०८३, बिहीबार
,
Latest
२०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता…
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्ध नेपाल निर्माणमा सहयोग गर्न निजी क्षेत्रलाई मन्त्री भुसालको आग्रह



अ+ अ-

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध नेपाल निर्माणका लागि निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ ।

ललितपुर चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले ठूलो राजनीतिक परिवर्तनपछि सार्वजनिक, निजी र सहकारी गरी तीनखम्बे अर्थनीति अवलम्बन गरी देशको आर्थिक विकास गर्न सकिन्छ भन्ने लक्ष्य लिइएको स्मरण गर्नुभयो ।

चेम्बर अफ कमर्सले देशको आर्थिक विकासमा पुर्‍याएको योगदानको कदर गर्दै मन्त्री भुसालले भन्नुभयो, “अर्थतन्त्रमा चेम्बरले पु¥याएको योगदान सराहनीय छ, आगामी दिनमा देशको आर्थिक विकासमा सफलता मिलोस् ।” उहाँले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने निजी क्षेत्रको सङ्गठन भए उपयुक्त हुन्थ्यो भन्ने आफूलाई लागेको बताउनुभयो ।

मन्त्री भुसालले निजी क्षेत्रका जति संस्था भए पनि देशको आर्थिक विकासमा मिलेर र समन्वय गरेर आफ्ना क्रियाकलाप बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सबै संस्था मिलेर आपसी सहकार्य गरेर अगाडि बढ्नु हुनेछ भन्ने मैले विश्वास राखेको छु ।”

सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निजी क्षेत्रका समस्यालाई सरकारले सम्बोधन गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा सरकारसँग निरन्तर सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । संस्थाका ललितपुर अध्यक्ष पुष्परत्न शाक्यले स्थानीय र केन्द्रीय सरकारका एकाइमा चेम्बरको प्रतिनिधित्व हुनुपर्ने माग गर्नुभयो ।