२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय निर्वाचनपछि देशमा राम्रो दिनको सुरुवात हुन्छ – केपी ओली



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनपछि मुलुकमा राम्रो दिनको सुरुवात हुने बताउनु भएको छ ।

अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनपछि आफ्नो पार्टी आउने र मुलुकका लागि राम्रो दिनको सुरुवात हुने दावी गर्नु भएको हो । निर्यात् उद्योग व्यवसायी महासंघ, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले संघीय संसदको निर्वाचनपछि भने आफ्नो पार्टी सरकारमा आउने भएकाले पूरै राम्रो दिन आउने जिकीर गर्नु भयो । ओलीले आफ्नो पार्टी निकट निर्यात व्यवसायीहरुलाई पनि निर्वाचन प्रचारका लागि समय निकाल्न आग्रह गर्नु भयो ।

अब कोभिड पनि समाप्त हुने चरणमा पुगेकाले व्यवसायीका लागि पनि अवको दिन भने राम्रो हुने उहाँको भनाई थियो । अध्यक्ष ओलीले भन्नु भयो, ‘अहिले त हामी चुनावतिर छौं । तपाईहरुले पनि यसो समय निकाल्नु होला । सके प्रचारप्रसार गर्नु होला । सक्नु भएन भने भोट हाल्नु होला । अव मैले यो भन्दा धेरै अरु केही भनिरहनु पर्ला जस्तो लाग्दैन । अव कोभिड पनि समाप्त हुँदैछ । हाम्रो राम्रा दिनहरु अव आउन सुुरु हुन्छ । स्थानीय तह निर्वाचन पछि राम्रा दिन सुरु हुन्छ । पछिको निर्वाचनबाट झ्याप्पै राम्रा दिन आउँछ ।’

ओलीले स्वदेशी बस्तुको उत्पादन गरी मुलुकमा निर्यात व्यापार बढाउन पनि व्यवसायीहरुलाई आग्रह गर्नु भयो । उहाँले अनाआवश्यक क्षेत्रमा लगानी नगर्न र आफ्ना बस्तुहरुको बजारीकरणमा नेपालले जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

ओलीले मुलुक रेमिटयान्सले धानिएको उल्लेख गर्दै अव त्यसको भर पर्न नहुने पनि पटकपटक दोहो¥याउनु भयो ।