• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन ★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई नियन्त्रणमा लिन प्रहरी कान्तिपुरको कार्यालयमा ★   अक्षय कुमारले गरे पत्नी ट्वींकलको तारिफ ★   कोठाभाडा तिर्न नसक्दा कृष्णले मृत्युको बाटो रोजे ★   खेलकुदमन्त्री श्रेष्ठको शेयरमा एक करोड बढी लगानी ★   सगरमाथामा कीर्तिमान बनाउने प्रतिस्पर्धा

विराटनगर नाकाबाट ठूलो मात्रामा मानव खप्पर र हड्डी बरामद



विराटनगर । मोरङबाट सशस्त्र प्रहरी बलको टोलीले ठूलो मात्रामा मानव खप्पर र हड्डी बरामद गरेको छ । 

मंगलबार सशस्त्र प्रहरी बलको नम्बर ३ कंकालिनी गणबाट खटिएको टोलीले भारतबाट नेपालतिर आइरहेको भ्यानबाट २८ वटा मानव खप्पर र हातखुट्टाका १० वटा हड्डी बरामद गरेको हो । 

बेवारिसे अवस्थामा को १ च ९६४८ नम्बरको भ्यानबाट उक्त मानव खप्पर र हड्डी बरामद भएको कंकालिनी गणका गणपति तथा एसपी तीर्थ पौडेलले जानकारी दिए ।

मानव खप्पर गाडीमा बोकर हिँडेको आरोपमा प्रहरीले उक्त गाडीका चालकलाई बुधबार नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा विराटनगरका विनोद राय र झापाका युवराज कार्की छन् ।

मान्छे निधनपछि आआफ्नो जातीय रीतिरिवाजअनुसार दाहसंस्कार गर्दा शवलाई जलाउने र जमिनमा गाड्ने गरिन्छ । 

शव गाडेको चिहान खोतलेर मानव खप्पर र हड्डी सङ्कलन गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

सशस्त्रले बरामद गरेको उक्त मानव खप्पर र हड्डीससिहतको गाडी अनुसन्धानका लागि प्रहरीलाई बुझाइएको छ भने बरामद मानव खप्पर जाँचका लागि फरेन्सिक ल्याबमा पठाइने भएको छ ।