१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’

काठमाडौँलाई मानवीयताको सहर बनाउँछौँ, यहाँ कोही भोकै पर्दैन, भोकले कोही मर्दैन – प्रमुख शाक्य

काठमाडौँलाई मानवीयताको सहर बनाउँछौँ, यहाँ कोही भोकै पर्दैन, भोकले कोही मर्दैन – प्रमुख शाक्य
अ अ+ अ-

काठमाडौँ । सडकमा वेसहारा जीवन विताइरहेका व्यक्तिहरुको व्यवस्थापनका लागि मानव सेवा आश्रम निर्माण हुने भएको छ । नागार्जुन नगरपालिकाले जग्गा उपलब्ध गराउने, जग्गामा भवन निर्माणको काम काठमाडौँ महानगरपालिकाले गरिदिने र सेवा सञ्चालन मानव सेवा आश्रमले गर्नेगरी त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौतामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गर्नुृभएको हो । यसका लागि काठमाडौँ महानगरपालिकाले २०७८ असोज १२ बसेको कार्यपालिकाको बैठकले निर्णय गरेको थियो । यसैगरी नागार्जुन नगरपालिकाको गएको असार २१ ग्ते सम्पन्न नगरसभाले निर्णय गरेको थियो । 

नागार्जुन नगरपालिका वडा नं. ६ स्थित सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको कि. नं. ८२ र १८९ को करीब १८ रोपनी जग्गामा नगरपालिकाकै नाममा आश्रम निर्माण गरिनेछ । भवनको नाम ‘सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ हुनेछ । यहाँ रहने व्यक्तिहरुको लिंग, उमेर समूह, शारीरिक तथा मानसिक अवस्था, आवश्यकता र प्रकृतिजस्ता अवस्थाका आधारमा छुट्याएर अधिकतम मानवीयताको प्रवद्र्धन गर्ने गरी सेवा सञ्चालन र  व्यवस्थापन गर्ने काम मानव सेवा आश्रमले गर्नेछ । विभिन्न कारणहरुबाट घरवारविहिन भएर काठमाडौं जिल्लाभित्रका विभिन्न सडक किनाराहरु तथा मठ मन्दिरजस्ता सार्वजनिक ठाउँका खुल्ला आकाशमुनि कष्टपूर्ण जीवनयापन यापन गर्ने व्यक्तिहरुलाई उद्धार गरेर यस आश्रममा राखिनेछ । उद्धार, उपचार, पालन पोषण त्यसपछि पारिवारिक पुनर्मिलन गराउनु कार्यक्रमको लक्ष्य हो । उपत्यकालाई सहयोगापेक्षी सडक मानवरहित सहर बनाउन र मानवता प्रवर्धनको कामलाई दिगो बनाउन यस अघिदेखि नै सडकका मानिसहरुलाई उद्धार, उपचार र पारिवारिक पुनमिलन गराउने काम भइरहेको छ । 

सम्झौतापछि महानगरका प्रमुख शाक्यले, सहरका कुनै पनि ठाउँमा खुल्ला आकाशमुनि कसैले पनि कष्टकर जीवन विताउनु नपरोस् भन्नका लागि आश्रम बनाउन लागिएको बताउनुभयो । ‘काठमाडौँ मानवीयताको सहर हो । यहाँ शारीरिक तथा मानसिक रुपमा अशक्त, मनोरोगी, अनाथ, अपाङ्गता भएका, अशक्त तथा सहयोगापेक्षी कसैले पनि भोकै बस्नु पर्दैन । वेसहारा हुनु पर्दैन । जसको कोही हुँदैन । उसका लागि सरकार छ ।’ शाक्यले जोड्दै भन्नुभयो, ‘कोही नहुने वेसहारालाई उद्धार, उपचार, पालन पोषण र आवश्यक भए शिक्षादीक्षाजस्ता आधारभूत मानवीय आवश्यकताको परिपूर्ति यसै आश्रमबाट हुनेछ ।’त्यस क्रममा नागार्जुन नगरका प्रमुख बस्नेतले, अहिले काठमाडौँ महानगर र नागार्जुन नगरविचबाट थालिएको सहकार्य विस्तारै जिल्लाका सबै नगरसँग जोडिने विश्वाश व्यक्त गर्नुभयो । 

मानवीयता जोगाउने प्रयासका लागि गरिएको यो महत्वपूर्ण सम्झौता हो । महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो, ‘योजना निर्माण हुनु र क्षेत्रगत सहकार्य थालिनु आफैँमा नमूना काम हो ।’

सम्झौताबमोजिम सार्वजनिक खरिद प्रक्रियाबाट भवन निर्माण र निर्माणपछि भवनका लागि चाहिने फर्निचरका लागि निर्धारण हुने सबै रकम बहुबर्षिय योजनाअन्तर्गत काठमाडौँ महानगरपालिकाले व्यहार्नेछ । प्रक्रियाबाट माग भएको रकम काठमाडौँ महानगरपालिकाले नागार्जुन नगरपालिकालाई उपलब्ध गराउनेछ । जग्गामा भवन निर्माण गर्न आवश्यक प्रक्रिया पूरा गर्ने, आफ्नो नाममा नक्सा तथा भवनको स्वामित्व कायम गर्ने, निर्माण गर्न ठेक्का लगाउने, निर्माण अवधिभर नियमित अनुगमन, सुपरीवेक्षण तथा गुणस्तर नियन्त्रण गर्ने काम नागार्जुन नगरपालिकाले गर्नेछ । 

उद्देश्यअनुसारको प्रयोजनमा प्रयोग गर्न भवन हस्तान्तरण योग्य भएपछि सञ्चालनका लागि मानव सेवा आश्रमलाई जिम्मा दिइनेछ । सेवा सञ्चालनमा रहँदा भवनको संरक्षण तथा सदुपयोग गर्ने विषयमा महानगरसँग आवश्यक समन्वय गर्ने काम नागार्जुन नगरपालिकाको दायित्वमा राखिएको छ । 

भवनको मुल प्रयोजन विपन्न, अशक्त, असहाय, सडक सहयोगापेक्षी मानवहरुको मानवोचित व्यवस्थापनमा प्रयोग गर्नका लागि हुनेछ । यस्ता व्यक्तिको उद्धार, उपचार र पालनपोषण गरेका सहयोगापेक्षीको परिवारसँग पुर्नमिलन गराउँदा सञ्चालक मानव सेवा आश्रमले काठमाडाँै महानगरपालिका र नागार्जुन नगरपालिकाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, स्थानीय सुरक्षाकर्मीको रोहवरमा गर्नु पर्नेछ । यदि उद्देश्यअनुसार मानव सेवा आश्रमले भवनको व्यवस्थापन तथा प्रयोग नगरेमा वा हुन नसकेमा महानगर र नगरको संयुक्त निर्णयबाट सम्झौता भंग हुन सक्ने सर्त तथा बन्देजमा उल्लेख छ । 

सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न र भविष्यमा मानव सेवा आश्रम संचालन व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन आवश्यक नीति तर्जुमा गर्ने, निर्णय गर्ने तथा कामकारवाहीलाई निर्देशन गर्ने उद्देश्यले काठमाडौँ महानगरका प्रमुखको संयोजकत्वमा ४ सदस्यीय निर्देशक समितिको व्यवस्था गरिएको छ । समितिको सदस्यमा नागार्जुन नगरपालिकाका प्रमुख, मानव सेवा आश्रमका अध्यक्ष र काठमाडौँ महानगरपालिका वा नागार्जुन नगरपालिकाले तोकेका कार्यालयका विषयसम्वद्ध पदाधिकारी १-१ जना रहनुहुनेछ । 

निर्देशक समितिले तोकेका पदाधिकारीहरु रहेको एक भवन निर्माण तथा व्यवस्थापन उपसमिति गठन हुनेछ । उपसमितिले निर्देशक समितिले तोकेबमोजिम काम गर्नेछ । यसै बर्ष निर्माण कार्यको थालनी गर्ने र ०८० सालमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सम्झौता गरिएको हो । सम्झौता अवसरमा काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, दुवै नगरका कार्यपालिका सदस्यहरु, नागार्जुन नगरका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरसहित पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।