३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

विगतका तालिबानी लडाकु काबुलका शहरमा सैन्य गस्ती गर्दै



अ+ अ-

काबुल । दुर्गम पहाडका गुफाहरूमा लुक्ने विगतका तालिबानी लडाकुहरू अहिले काबुलका सडकमा सैन्य पोशाकमा गस्ती गरिरहेका भेटिन्छन् । एकपछि अर्का लडाकुहरू अहिले काबुलका मुख्य सडकमा गस्तीमा भेटिन थालेका छन् । अफगानिस्तानमा आएको राजनीतिक परिवर्तनपछिको यो एउटा सङ्क्रमणकालीन सायोजनको परिदृष्य हो । 

पूर्ववर्ती अस्रफ घानीकोसरकारका पालामा काबुलमा दैनिक जस्तो डकैती, अपहरण र हमलाका घटनाहरू घटिरहेका हुन्थे । न्यायप्रणाली अत्यन्त लामो र खर्चिलो थियो। दुई दशक लामो सैन्य विद्रोहले तत्कालीन सत्तामाथि विजय प्राप्त गरेर शासनको बागडोर आफ्नो हातमा लिएपछि तत्कालीन विद्रोही तालीबानीहरूले कानूनविहीन अराजकताको स्थितिलाई नियन्त्रणमा लिनुपर्ने अवस्था आएको छ। यसै सन्दर्भमा तत्कालीन विद्रोहीहरू अहिले हातमा एके ४७ राइफल र एम १६ एस लिएर सडकमा गस्तीमा व्यस्त देखिन्छन् । 

यी नवसैनिकशङ्कास्पद अपराधीहरूलाई नियन्त्रणमा लिइरहेका हुन्छन् । आदेश नमान्ने र अटेर गर्नेहरूलाई लखेटिरहेका हुन्छन् । अहिले उनीहरू शान्ति स्थापना गर्न लागिपरिरहेका जस्तो देखिन्छन् यद्यपि यो कार्य आफैमा जटिल छ ।

नयाँ सरकार देशमा न्यायप्रणालीलाई छिटो छरितो बनाउन गृहकार्यमा जुटेको छ। उनीहरू इस्लाम धर्ममा आधारित सरिया कानूनलाई व्यवस्थित गर्न जुटिरहेका छन् । (रासस-एपी)