काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का विभिन्न केन्द्रीय विभाग र प्रदेश कमिटीहरूले पूर्णता पाएको छ ।
सो पार्टीका महासचिव डा. बेदुराम भुसालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विभाग र प्रदेश कमिटीमा रहने पदाधिकारी तथा सदस्यहरूको नामावली सार्वजनिक गरेका हुन् ।
केन्द्रीय सचिवालयका विभिन्न बैठकबाट भएका पार्टीका केन्द्रीय विभागहरू र प्रदेश कमिटीहरू गठनका निर्णयहरूलाई हालै काठमाडौंमा सम्पन्न पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले अनुमोदन गरेको हो ।