१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’

आठयुवाद्वारा मर्दी हिमालको आरोहण

आठयुवाद्वारा मर्दी हिमालको आरोहण
अ अ+ अ-

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ का आठ युवाले पाँच हजार ५८७ मिटरको मर्दी हिमाल एकैसाथ सफल आरोहण गरेका छन् । पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा परेको सो हिमाल पदयात्रासँगै हिमाल आरोहणको प्रवद्र्धनका लागि पर्यटन क्षेत्रमा क्रियाशील उनीहरुले हिमाल चढेका हुन् ।

यही असोज १२ गते अग्रज पर्यटन व्यवसायी रामप्रसाद गुरुङको नेतृत्वमा मर्दी हिमाल आरोहणका लागि प्रस्थान गरेको २६ सदस्यीय टोलीमध्येका आठ जनाले असोज १७ गते बिहान ९ः३० बजे सफलतापूर्वक हिमाल आरोहण गरी फर्किएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिनुभयो । आरोहण टोलीमा सरोजकुमार गुरुङ, सञ्जय थापा, नारायण गुरुङ, सुदीप तामाङ, विनोद पुन, विशाल मगर, ईश्वर परियार र अमृत पुन रहनुभएको छ ।

उहाँहरुलाई आरोहण प्रशिक्षकद्वय मनमान गुरुङ र कुमार खड्काले हिमाल सहयोगमा प्रशिक्षण दिनुभएको बताइएको छ । त्यसैगरी आरोहणका लागि चाहिने सामग्री लगायतको सबै खर्च अग्रज व्यवसायी गुरुङले व्यवस्थापन गर्नुभएको थियो । आरोहणको नेतृत्व गरेर ७५ वर्षीय गुरुङ आफैँ हाइक्याम्पसम्म पुग्नुभएको बताइन्छ । ग्रेट माछापुच्छ्रे ट्रेल (जिएमटी)का उपाध्यक्षसमेत रहनुभएका आरोही सरोज गुरुङले पदयात्रा पर्यटकको रोजाइमा परेको माछापुच्छ्रे ट्रेल आउने पर्यटकलाई हिमाल आरोहणसँग जोड्नका लागि आफूहरुले प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत हिमाल आरोहण गरेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “मर्दी पदयात्रा लागि हामीले एक वर्षदेखि ग्रेट माछापुच्छ्रे ट्रेलको प्रवद्र्धन गरिरहेका छौँ । यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई हिमाल आरोहणमा आकर्षित गर्ने उद्देश्यले हामी आफैँले हिमाल चढेर सुरुआत गरेका छौँ ।” ग्रेट माछापुच्छ्रे ट्रेल माछापुच्छ्रेको टुसेबाट सुरु हुन्छ । मर्दी आरोहणका लागि सबैभन्दा सजिलो बाटो ग्रेट माछापुच्छ्रे ट्रेल रहेको गुरुङले बताउनुभयो । केही साहसिक पर्यटकले यसअघि नै मर्दीको सफल आरोहण गर्दै आएका छन् ।

मर्दी पदयात्रा हात्र होइन, साहसिक पर्यटकलाई हिमाल आरोहण गराएर पर्यटकको बसाइँ लम्ब्याउनु आवश्यक रहेकामा जिएमटीले जोड दिएको छ । पर्यटकको सहजताका लागि हिले र खुमइमा तीन÷तीनवटा होटल बनेका छन् । क्रोचोङमा भने विवादका कारण बन्न नसकेको बताइन्छ ।

हिमाल आरोहण गरेर आएको टोलीलाई बिहीबार साँझ गाउँमा बाजागाजासहित भव्य स्वागत गरिएको थियो । युवा क्लब, आमा समूह, नौमति बाजा समूह, माछापुच्छ्रे अग्र्यानिक होमस्टे तथा स्थानीयवासीले फूलमालाले आरोहीलाई सम्मान गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष गुरुङले ग्रेट माछापुच्छ्रे ट्रेलको प्रवद्र्धनका लागि र पर्यटन पूर्वाधारका लागि गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । यस ट्रेलको बढीभन्दा बढी प्रवद्र्धन गर्न सके पर्यटकको रोजाइमा पर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ग्रेट माछापुच्छ्रे ट्रेलबाटै पर्यटकले पदयात्रा पर्यटनको सबैभन्दा बढी आनन्द लिन सक्छन् । यस क्षेत्रमा आवश्यक पर्यटकीय पूर्वाधारका लागि गाउँपालिकाले सहयोग गर्दछ ।”

मर्दी ट्रेकका लागि धेरै बाटोहरु छन् । पोखराबाट धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको अष्ट्रेलियन क्याम्प, पोथना देउराली, फरेष्ट क्याम्प, लो क्याम्प, हाइक्याम्प हुँदै चार हजार ५०० मिटर उचाइमा अवस्थित मर्दी हिमालको आधार शिविरसम्म पुग्ने बाटो बढी प्रचलित छ । यसैगरी पोखराबाट जीपमा माछापुच्छ्रे गाउँपालिकाको सिदिङसम्म पुगेर त्यहाँबाट समेत मर्दी हिमाल पुग्न सकिन्छ । पछिल्लो समय ग्रेट माछापुच्छ्रे ट्रेलका नाममा माछापुच्छ्रेको टुसेबाट यसको प्रवद्र्धन सुरुआत गरिएको छ ।

एउटै यात्राबाट मर्दी हिमालसहित कुमारी माछापुच्छ्रे, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुलीलगायत आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर मिल्ने भएकाले मर्दी पदयात्रामा बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण बढ्ने गरेको छ । कोरोनाका कारणले दुई वर्षदेखि बाह्य पर्यटक ठप्प रहे पनि आन्तरिक पर्यटक भने बर्सेनि बढेका छन् । (रासस)