१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’

शिक्षाका परिणाममुखी कार्यक्रममा मात्रै लगानी हुन्छः अर्थमन्त्री

शिक्षाका परिणाममुखी कार्यक्रममा मात्रै लगानी हुन्छः अर्थमन्त्री
file
अ अ+ अ-

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शिक्षा क्षेत्रमा परिणाम र  उत्पादनमूलक योजना तथा कार्यक्रमका लागि मात्रै लगानी गरिने बताउनुभएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ) को १२औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले पहुँच र हचुवाका भरमा कुनै फाइल तयार गरेर आफूले बजेट नदिने स्पष्ट पार्नुभयो । 

नक्साकङ्नबिना विद्यालय र कलेज स्वीकृति दिइने तथा त्यहाँ गुणस्तरीय शिक्षा नहुने हुँदा लगानी खेर गइरहेकातर्फ सङ्केत गर्दै मन्त्री शर्माले संविधानमा व्यवस्था भएबमोजिम सार्वजनिक शिक्षा निःशुल्क गराउन र शिक्षामा समानता स्थापना गरी समृद्धि निर्माणका लागि आफू प्रतिबद्ध रहेको सुनाउनुभयो । उहाँले सरकारले पढ्दै, कमाउँदै कार्यक्रम ल्याएको भन्दै त्यसलाई कार्यान्वयन गर्न समुदायस्तरमा सबै पक्षको सहयोग र विज्ञता उपयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा हरि लम्सालले कोभिड महामारीपछि शिक्षामा रुपान्तरणका विषयमा कार्यपत्र प्रस्तुत गर्दै शिक्षामा लैङ्गिक समताका पक्षमा सुधार भए पनि उच्च शिक्षासम्म विद्यार्थी टिकाउनु चुनौतीपूर्ण भएको बताउनुभयो । उहाँको कार्यपत्रमाथि टिप्पणी गर्दै शिक्षाविज्ञ विमल फुँयालले शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएकाले शिक्षामा लगानी बढाउन र उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनमाथि संसद्मा छलफल चलाउन आग्रह गर्नुभयो । शिक्षाविद् डा विद्यानाथ कोइरालाले संविधान र दलीय घोषणापत्रमा जनमुखी र उत्पादनमूलक शिक्षा भनिए पनि त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्नेमा अन्योल देखिएको बताउनुभयो ।

कार्यक्रममा नेकपा (एमाले)का सांसद विद्या भट्टराईले सार्वजनिक शिक्षाका लागि आफ्नो पक्षबाट प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्रिय योजना आयोगका सदस्य डा पुष्परमण वाग्ले, मानवअधिकारवादी गौरी प्रधान, ग्लोबल एक्सन फर एजुकेशन अन्तर्राष्ट्रिय अध्यक्षलगायतले एनसिइ नेपालको सार्वजनिक शिक्षा अभियानको सफलताको कामना गर्नुभएको थियो । एनसिइ नेपालका अध्यक्ष डिल्लीराम सुवेदीले मुलुकका ४५ जिल्ला शाखामा अभियान पुगेको र ४१६ शैक्षिक संस्था आबद्ध भएको जानकारी दिनुभयो ।