जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का प्रदेश २ का मुख्य सचिव शम्भु झाले मुख्य सचिवसहित पार्टीको सम्पूर्ण जिम्मेबारीबाट राजीनामा दिएका छन् ।
‘झाले पार्टीमा काम गर्ने आफ्नो योग्यता र क्षमता नभएकोले आफूले जसपाको प्रदेश मुख्यसचिव लगायत पार्टीको सम्पुर्ण जिम्मेवारी वाट राजीनामा दिएको उल्लेख गरेका छन् ।
जनता समाजवादी पार्टीको मुख्यसचिव भएर विगत ५ वर्ष २ महिनासम्म काम गरेको बताउँदै झा आफ्नो योग्यता र क्षमता भन्दा ठूलो पद आफूले पाएको बताएका छन् ।
झाले आफू बाँचुजेल अन्य कुनै पनि राजनीतिक पार्टीमा नजाने समेत प्रस्ट पारेका छन् ।











