१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’

काठमाडौँको विकास हेर्न, सुन्न र महसुस गर्न सक्ने ठाउँमा पुगेको छ — प्रमुख शाक्य

काठमाडौँको विकास हेर्न, सुन्न र महसुस गर्न सक्ने ठाउँमा पुगेको छ — प्रमुख शाक्य
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडा ६ को रामहिटीमा साहित्यकारहरुका लागि सुविधा सम्पन्न भवन निर्माण गरिदिने भएको छ । त्यसका लागि आज सदन सदन नेपालको परिसरमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भवन शिलान्यास गर्नुभयो । 

यो भवन साहित्यकारहरुका लागि आवासीय सुविधासहितको हुनेछ । भवन शिलान्यासपछि बोल्दै प्रमुख शाक्यले, काठमाडौँको विकास हेर्न, सुन्न र महसुस गर्न सकिने ठाउँमा पुगेको बताउनुभयो । ‘हामी स्थानीय निर्वाचनको दौरानमा हिँड्दा बेलुका कपडा हेर्नै नहुने गरी मैला भएको हुन्थ्यो । ननुहाई हुँदै हुँदैनथ्यो । अहिले त्यो अवस्था छैन । कोविडको महामारीमा हामीले धेरै समय त्यत्तिकै खर्च गर्नु पर्‍यो । नत्र काठमाडौँ अर्कै भइसक्ने थियो ।’ शाक्यको भनाइ थियो । 

हामीले पैसा हेरेर विकास योजना बनाएका छैनौँ । योजना तर्जुमा गरेर त्यसअनुसारको पैसा छुट्याएका छौँ । पैसा जति छ त्यतिको योजना बनाउँदा जनताका आवश्यकता पूरा हुँदैनन् । प्रमुख शाक्यले, मूर्त अमूर्त सम्पदाको ममर्त सम्भार र जीर्णोद्धार, शिक्षा र स्वास्थ्यका क्षेत्रमा थप लगानी हुँदै गरेकाले काठमाडौँ बस्न र हेर्न लायक सहर बन्दै गएको बताउनुभयो । 

त्यस क्रममा संघीय संसद सदस्य कृष्ण राईले, योजनाहरु शिलान्यास हुने तर उद्घाटन गर्न नपाइने उदाहरुण सुनाउँदै साहित्य सदनको भवन समयमा निर्माण सम्पन्न हुने अपेक्षा गर्नुभयो । जुन प्रयोजनका लागि भवन निर्माण हुने हो, त्यही प्रयोजनका लागि प्रयोग हुनुपर्ने बताउँदै उहाँले, कुनै पनि कारणले काम रोकिनु नहुने बताउनुभयो । 

त्यस क्रममा वडा ६ का अध्यक्ष दीपेन्द्र लामाले, आफ्नो वडामा दमकल भवन स्थापना भइसकेको, साहित्य सदन शिलान्यास भएको, ठूला पार्क केही निर्माण सम्पन्नताको चरणमा पुगेको र केही निर्माणाधीन अवस्थामा रहेको उल्लेख गर्दै, स्थानीयका माग सम्वोधन गर्न वडाबाट प्रशस्त बजेट विनियोजन भएको बताउनुभयो । ठूलो वडा भएकोले लगानी गर्ने ठाउँ पनि प्रशस्तै छन्, लामाको भनाइ थियो । 

त्यस क्रममा वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोललले, साहित्य सदनको निर्माणपछि साहित्य र सिर्जनाका क्षेत्रमा ठूलो आयाम थपिने उल्लेख गर्नुभयो । त्यस्तै सदनका उपाध्यक्ष प्रा. डा. हेमनाथ पौडेलले महानगरले साहित्यकारहरुको सम्मानमा लगानी बढाएपछि आफूहरुले परिवर्तनका लागि गरेको योगदान सरकारले स्मरण गरेको आफूहरुले अनुभूति गरेको उल्लेख गर्नुभयो । 

महानगरका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार भूमिगतसहित भवन ५ तलाको हुनेछ । साहित्य सदन रहेको भवन परिसरको कि. नं. ११५ को २ रोपनी ११ आनामध्येको पश्चिमतर्फ भवन निर्माण हुनेछ । भवनको भूमिगत तला पार्किङ्का लागि प्रयोग गरिनेछ । जमिन र पहिलो तला कार्यालय प्रयोजनका लागि प्रयाग गरिनेछ । दोस्रो र तेस्रो तलामा अतिथि आवास गृहका रुपमा सञ्चालन हुनेछ । त्यस्तै ८० जनासम्म अट्ने क्षमताको बैठक कक्ष पनि हुनेछ । 

इञ्जिनियर श्रेष्ठकाअनुसार भवनको भूमिगत, जमिन र पहिलो तला २ हजार ४० दशमलव ५३ बर्गफुटका हुनेछन् । दोस्रो तला २ हजार १२४ दशमलव ५६ बर्गफुट र तेस्रो तला १ हजार ६८७ दशमलव ४९ वर्गफुटको हुनेछ । भवन जम्मा ९ हजार ९७६ दशमलव ९१ वर्गफुटको हुनेछ । भ्वनमा ६ जना अट्ने लिफ्ट जडान हुनेछ । भवन अपाङ्गतामैत्री र जेष्ठनागरिक मैत्री हुनेछ । 

आउँदा बर्षको भदौ मसान्तभित्र (१२ महिनामा) निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माण थालिएको भवनको सम्झौता रकम भ्याटसहित ४ करोड ३ लाख ५८ हजार ९९४ रुपैयाँ रहेको छ । यसको निर्माण सुनकोशी प्रजिल जे. भी. ले गर्दैछ ।