९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनसिपः नेपालले भारतलाई रोक्ला त ?



अ+ अ-

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज (आइतबार) भारतसँग खेल्दैछ । 

राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा खेल नेपाली समय अनुसार राति ९ः४५ सुरु हुनेछ । 

सात पटकको च्याम्पियन भारतविरुद्ध मैदान उत्रदा नेपाललाई सहज नभएपनि सानदार सुरुवात गर्दै दुई खेलमा जित निकालेको नेपाल उच्च आत्मविश्वासको साथ मैदानमा उत्रनेछ ।

प्रतियोगितामा नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

पहिलो खेलमा माल्दिभ्सलाई १(० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३(२ ले हराएको थियो । 

यता साफको सर्वाधिक सफल टिम भारतले अघिल्लो दुई खेलमा बराबरी खेलेको थियो ।  

पहिलो खेलमा बंगलादेशसँग १(१ गोलको बराबरी खेलेको भारतले दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो । साफ च्याम्पियनसिपमा नेपाल अहिलेसम्म फाइनलमा पुग्न सकेको छैन भने भारतले सर्वाधिक (७ पटक) उपाधि जितेको छ ।