१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा

सीमा समस्यालाई कुटनीतिक वार्ताबाट समाधान गर्नुपर्छः सह महामन्त्री महत (भिडियो सहित)

सीमा समस्यालाई कुटनीतिक वार्ताबाट समाधान गर्नुपर्छः सह महामन्त्री महत (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका सह महामन्त्री प्रकाशशरण महतले सीमा समस्यालाई कुटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने बताउनुभएको छ ।

मंगलवार न्यूज एजेन्सीसँगको कुराकानीमा सह महामन्त्री महतले भारत भ्रमणका क्रममा आफूहरुले सीमा समस्यालाई सम्वाद र कुटनीतिक रुपमा समाधान गर्ने बारेमा छलफल भएको बताउनुभएको हो । उहाँले भारत भ्रमणका क्रममा व्यपार घाटाको समस्या, महाकाली तुइन प्रकरण र कोभिशील्ड सप्लाइको बारेमा छलफल भएको बताउनुभयो ।

उहाँले महाकालीमा भारतीय एसएसबीका जवानले तुइन काटीदिँदा नदीमा बेपत्ता भएका जयसिंह धामीको बारेमा भारत सरकारले छानबिन गरेर निस्कर्षमा पुग्नुपर्ने कुरा राखेको र यसमा भारत सरकारले चासो देखाएको बताउनुभयो । उहाँले भारत भ्रमणका क्रममा आफूले नेपाल सरकारको तर्फबाट राख्नुपर्ने मुख्य कुराहरु र मुद्दाहरु उठाएको बताउनुभयो । भारतीय विदेश मन्त्री एस जयशंकरसँगको भेटमा आफूले दुवै देशको हीतका विषयमा चर्चा भएको बताउनुभयो ।

सह महामन्त्री महतले भन्नुभयो, ‘हामीले भारतीय विदेश मन्त्रीसँग भेट गर्यौं, उहाँसँग मुलतः मैले नेपालका केही मुद्दाहरुलाई हामीले प्रमुख रुपमा उठायौँ, ती मुद्दाहरुमा सीमा समस्या समाधान गर्ने, वार्ता प्रक्रिया अगाडि बढाउने,र वार्ता भन्दा अर्को विकल्प छैन,दुई देशको बहुआयामिक सम्बन्ध छ, सांस्कृतिक, सामाजिक, राजनीतिक, हरेक किसिमको जुन सम्बन्ध छ, यति धेरै बहुआयामिक सम्बन्ध भएको देशमा बेलाबखत समस्याहरु उत्पन्न हुन्छन्,तर समस्या उत्पन्न भएपनि हाम्रो वार्ता, संवाद मार्फत् त्यसलाई समाधान गर्न सकिन्छ,समाधान बिहीन कुनै समस्या हुन सक्दैन,त्यसैले चाहे सीमा समस्या होस्, चाहे अन्य व्यापारको समस्या होस्, मैले व्यापार घाटाको समस्या पनि उठाएको थिएँ,यी तममा विषयमा छलफल भयो र सँगै महाकाली तुइन प्रकरणको विषयमा पनि मैले भने, हेर्दा सानो देखिन्छ,यो नेपाली जनताको भावनासँग जोडिएका कुराहरु छन्,यी कुराहरुलाई भारत सरकारले पनि छानबिन गरेर सम्बोधन गर्दा राम्रो हुन्छ भन्ने कुरा राखेँ, त्यसलाई सकारात्मक रुपमा लिनुभएको छ, त्यस्तै कोभिशील्ड सप्लाइको कुरा पनि उठाएँ, त्यसलाई पनि चाँडै सप्लाई गर्न प्रतिवद्धता भएको छ, म ठ्याक्कै डेट तोक्न त सक्दिनँ,केमिकल फर्टिलाइजरको सप्लाइका कुराहरु पनि हामीले उठायौँ,नेपाल सरकारले महत्वपूर्ण उठाउनु पर्ने मुद्दाहरु उठाएका छाँै ।’

सह महामन्त्री महतले नेपाली काँग्रेससँग भारतीय जनता पार्टी (भाजपा) ले उच्च महत्व र प्राथमिकता दिएको बताउनुभयो । उहाँले नेपाल सरकारका कुराहरुलाई भाजपाले उच्च चासो र समस्या समाधानका लागि गम्भीरताका साथ लिएको बताउँदै कोभिशील्ड आपूर्ति र महाकाली तुइन प्रकरण लगायतका कुराहरुको तत्काल समस्या समाधान गर्ने बताउनुभयो । उहाँले भारतीय पक्षले महाकाली तुइन प्रकरणमा आफूहरुको संलग्नता नरहेको बताए पनि महाकाली तुइन प्रकरण नेपाली जनतासँग जोडिएको कुरा भएकोले सरकारले नै एकपटक छानबिन गरेर  निस्कर्षमा पुग्न आग्रह गरेको बताउनुभयो ।

सह महामन्त्री महतले भन्नुभयो, ‘उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको राष्ट्रियता बलियो हुनुपर्छ र मात्र भारतको हीतमा छ भन्नुभयो, नेपाललाई सहयोग गर्न म तयार छु भन्नुभएको छ, समग्रमा मलाई लाग्छ, भ्रमणलाई भारतीय जनता पार्टीले उच्च महत्व दिएको छ, नेपाल र नेपाली काँग्रेस पार्टीसँग महत्वपूर्ण र निकट सम्बन्ध राख्न चाहेको, नेपालको सरकोकारका विषयहरु, चासो र चिन्ताका विषयहरुलाई उच्च प्राथमिकताका साथ सुनेको र त्यसलाई गम्भीरताका साथ लिएको मैले पाएँ, हामीले पनि हामी सम्बन्धित निकायमै कुरा राख्छौँ, सडकमा बोल्दै हिँड्दैनौँ भन्यौँ, नेपाली जनतासँग जोडिएका कुरा हेर्नुपर्छ भन्दा उहाँहरुले अहिलेको भेटघाटमा अति महत्वका साथ र गम्भीरताका साथ हाम्रो कुराहरुलाई लिएको कतिपय कुराहरुलाई तत्काल सम्बोधन गर्ने कुराहरु भएकोले भ्रमण फलदायी पाएँ । कोभिशील्ड सप्लाई,तुइन प्रकरण, उनीहरुले त्यहाँ हामी संलग्न थिएनौँ भन्ने आयो ।’

सह महामन्त्री महतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कुटनीतिक पहल नै नगरेको बताउँदै आफूले भारत सरकारसँग कुटनीतिक पहल शुरु गरेको बताउनुभयो । उहाँले पूर्व सरकारले जनता तिर मात्रै फर्केर ठूलो स्वरले कराएको तर सरकारी तहमा कुनै कुटनीतिक पहल नगरेको आरोप लगाउनुभयो । उहाँले नेपाली काँग्रेस तर्क, तथ्यांक र आधारमा विश्वास राख्ने भएको बताउँदै अब कुटनीतिक पहलद्वारा समस्या समाधान हुँदै जाने बताउनुभयो ।

सह महामन्त्री महतले भन्नुभयो, ‘पछिल्लो सरकारले त ठूलो कुरा मात्रै गर्यो, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त चर्को कुरा गर्ने, उहाँले कुटनीतिक तवरमा कुनै पनि कुरा बोल्नुभएन,हामीले त पार्टी तहमा पनि कुराहरु उठाइरहेका छौँ,सरकारी तहमा पनि कुराकानी गरिरहेका छौँ, हामी गम्भीर रुपमा सम्बन्धित ठाउँमा कुरा गर्नेमा विश्वास राख्छौँ, जनतातिर फर्केर ठूलो स्वरले कराउने,तर जहाँ कुरा राख्नुपर्ने हो त्यहाँ कुरा नराख्ने,त्यो गलत हो, त्यसले नेपालको हीत गर्दैन,हामी कुटनीतिक टेबलमै आधार र तर्कसहित तथ्यांकसहित प्रश्तुत हुने र उहाँहरुको भनाइमा के आधार छ, त्यसमा छलफल गर्छौं, यो भन्दा अघिको सरकारले त कुरा नै गरेन, तर हामीले गर्न थाल्यौं ।’

उहाँले भारतीय जनता पार्टी (भाजपा) सँगको सम्बन्धले नेपाली काँग्रेस र देशलाई नै सकारात्मक हुने बताउनुभयो । कतिपय सम्बन्ध नेपालले बुझाउन नसकेर पनि समस्या आएको भन्दै उहाँले भारतसँग राम्रो सम्बन्ध बनाउन सम्वाद आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालीहरुको महान चाड बडा दशैँ, तिहार र छठ पर्वपछि प्रधानमन्त्रीको भारत भ्रमण हुनसक्ने बताउनुभयो ।  नेपालको राष्ट्रियता बलियो बनाएर अघि बढ्नु पर्ने र त्यसमै भारतको हीत हुने बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँगको सम्बन्ध सुधारका चासो दिइरहनुभएको छ । भारत भ्रमणमा सह महामन्त्री महतसहित उदय समशेर राणा र विजय चौरसियाको टीमले भाजपाका राष्ट्रिय महासचिवहरु अरुण सिंह, राजु बिष्ट,प्रवक्ता सुधांशु त्रिवेदी,महिला मोर्चाकी राष्ट्रिय अध्यक्ष भनाथी श्रीनिवासन र विदेश विभागका प्रमुख विजय चौथाइवाल लगायतका नेताहरुसँग भेट गर्नुभएको थियो ।