काठमाडौं । दशैँको मुख्य दिन (विजया दशमी) आज मान्यजनबाट टीका र जमरा लगाएर हर्षोल्लासका साथ बडा दशैँ मनाइँदै छ ।

नेपालीहरुको महान चाड विजया दशमी (बडा दशैँ) मा आज देश तथा विदेशमा रहेका नेपालीहरुले आफ्ना आफन्त तथा मान्यजनबाट टीका तथा जमरा लगाइ दशैँ मनाउने गर्छन् । आज बिहान ८ः१९ बजे देवी विसर्जन गरी १०ः०२ बजेको शुभ साइतमा टीका लगाइएको हो ।
आज दिनभर दुर्गा देवीको प्रसाद ग्रहण गर्ने साइत भएपनि बिहान १०ः०२ मा शुभ साइत रहेको थियो । घटस्थापनाको दिनदेखि नौ दिनसम्म दशैँ घरमा राखिएको जमरासहितको टीका लगाउने र दशैँघरमा राखिएको कलशको जलको अभिषेक लिने गरिन्छ । नेपालीहरु विशेष गरेर दशैँमा पिङ खेल्ने, रमाइलो गर्ने गर्दछन् ।



(फोटोफिचर)








