१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो

साफ च्याम्पियनसिपः उपाधिका लागि नेपाल र भारत भिड्दै

साफ च्याम्पियनसिपः उपाधिका लागि नेपाल र भारत भिड्दै
अ अ+ अ-

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनल आज (शनिबार) हुँदैछ ।  मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनलमा उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ ।

दुबै टिमको प्रमुख लक्ष्य उपाधि जित्ने रहेको छ । पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो भने नेपालले दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो । 

साफ इतिहासमा पहिलो पटक फाइनल पुगेको नेपाल आज भारतलाई हराएर ऐतिहासिक उपाधि जित्न चाहन्छ ।  यता साफमा भारत सबैभन्दा सफल टिम रहेको छ । भारतले ७ पटक उपाधि आफ्नो नाममा गराइसकेको छ ।

लिग चरणमा नेपाल र भारतबीच प्रतिस्पर्धा भएको थियो । जहाँ भारतले नेपाललाई १-० गोलले पराजित गरेको थियो । हेड टु हेडको कुरा गर्दा भारत नेपालविरुद्ध पुर्णरुपमा हाबी छ । यी दुई टिमबीच २२ पटक खेल भएको छ । जसमा भारतले १५ खेल जित्दा नेपालले दुई खेल जितेको छ भने ५ खेल बराबरीमा सकिएको छ ।

यता भारतविरुद्ध नेपालका फरवार्ड अन्जन विष्टले यसअघिका खेलहरुमा दुई पहेलो कार्ड खाएको कारण फाइनल खेल गुमाउने छन् ।