धनुषा । लोक सेवा आयोगलाई गालीगलौज गर्ने आवेदक कालोसूचीमा परेका छन् । प्रदेश–२ को लोक सेवा आयोगले उनलाई कालोसूचीमा राखेको हो ।
महोत्तरी बथनाहाका प्रनित कुमार झालाई एक वर्षका लागि कालोसूचीमा राखेको आयोगले जनाएको छ ।
आयोगका अनुसार झाले इमेलमार्फत सोधपुछ गर्ने क्रममा गाली गलौजयुक्त शब्द प्रयोग गरेका थिए । असोज ६ मा बसेको आयोगको बैठकले झालाई एक वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको आयोगले जनाएको छ ।
यस अबधिमा झा आयोगका कुनै पनि परीक्षामा सहभागी हुन नपाउने भएका छन् ।











