कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित निमार्णाधीन चार लेनको पुलसँगै बनेको ६ लेनको सडकमा क्षति पुर्याएको छ ।
लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढीले उक्त क्षति पुर्याएको हो ।
बाढीले कालोपत्रे गरिएको सडक बगाएको छ । साथै तटीय क्षेत्रमा पनि जोखिम बढेको स्थानीयको भनाई छ । (तस्वीर : शेरबहादुर सिंह, रासस)












