१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडी खेल्ने क्रममा नारायणीमा एक बेपत्ता



अ+ अ-

नवलपुर । नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन् । 

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ कुजौलीघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा धादिङको नीलकण्ठ नगरपालिका–९ घर भई देवचुलीस्थित आफन्तको घरमा आएका १६ वर्षीय नवराज श्रेष्ठ आज बिहान बेपत्ता भएका हुन् । 

पौडी खेल्ने क्रममा बेपत्ता भएका श्रेष्ठको अवस्था अहिलेसम्म पनि अज्ञात रहेका कारण उनको खोजीकार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो । 

पौडी खेल्दा बेपत्ता भएको स्थान र त्यसभन्दा तल्लो तटीय क्षेत्रमा उनको खोजी कार्य तीव्र पारिएको उहाँले बताउनुभयो ।