१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने

आदिवासी जनजातिहरुको स्पष्ट पहिचान झल्किने गरी गणना गर्न महासंघको माग

आदिवासी जनजातिहरुको स्पष्ट पहिचान झल्किने गरी गणना गर्न महासंघको माग
अ अ+ अ-

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघले बाह्रौँ राष्ट्रिय जनगणनामा आदिवासी जनजातिहरुको स्पष्ट पहिचान झल्किने गरी गणना गर्न माग गरेको छ । 

बिहीबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले बाह्रांै राष्ट्रिय जनगणनामा आदिवासी जनजातिहरुको स्पष्ट पहिचान झल्किने गरी गणना गर्न माग गर्नुभएको हो । उहाँले विगतका जनगणनामा सरकारले सूचिकृत गरेका आदिवासी जनजातिको गणना नगरिएको भन्दै यस वर्ष सम्पूर्णको गणना गर्नुपर्ने बताउनुभयो । 

अध्यक्ष बरामले कतिपय आदिवासी जनजातिको गणना भएपनि जातजाति भित्रको उपथरको स्पष्ट रुपमा पहिचान हुन नसकेको बताउनुभयो । उहाँले यसपटक सरकारले जनजातिहरुको उपथरलाई पहिचान गरी त्यसको संख्या जनजातिको संख्या भित्रै आउनेगरी गणना गर्न माग गर्नुभयो । उहाँले नेपालमा बहुभाषी मानिसहरु भएपनि कम मात्रामा बोलिने भाषाको जनगणना नै नहुने गरेकाले कुनै भाषा बोल्ने एकजना मात्रै छ भनेपनि उसको गणना गरेर सार्वजनिक गर्नु पर्नेमा जोड दिनुभयो ।

अध्यक्ष बरामले भन्नुभयो – ‘२०६८ सालको जनगणनामा नेपाल सरकारले नै सूचिकृत गरेको १२ वटा आदिवासी जनजातिको तथ्यांक नै छैन, २०६८ सालको जनगणनामा । जस्तो सिआर, लार्के, लोक्पा, थुदाम लगायतका सरकारले सूचिकृत ग¥यो तर सूचिकृत गरेकै आदिवासी जनजातिहरु पनि अघिल्लो जनगणनामा छुट्यो । अहिलेको जनगणनामा त्यसरी छुटाउनु हुँदैन भन्ने कुरा आग्रह गरेका छौँ । नेपालमा धेरै भाषा बोल्नेहरु छन् । कुनै भाषा एक जनाले बोल्छ भने त्यो एकजनाको पनि तथ्यांक लिइनुप¥यो । त्यो तथ्यांक लिएर सार्वजनिक गर्नुप¥यो । त्यो पनि छुटाउनु हुँदैन भनेर हामीले कुरा राखेका छौँ । हाम्रो संख्या घटाउँदै गएको छ राज्यले । विभिन्न कारणहरु देखाएर घटाउँदै गएको छ । अहिलेको जनगणनामा त्यसो गर्नु हुँदैन । विगतको जनगणनामा मगर, राई, गुरुङ, तामाङ, नेवार भित्रका पनि विभिन्न उपथरहरु हुन्छन् नि, जस्तो कि मगरभित्र थापा छन् । बुढाथोकी छन् । बुढाथोकी मात्रै गणना गर्दाखेरी, थापा मात्रै गणना गर्दाखेरी त्यो संख्यालाई मगरमा गनिएन । त्यो संख्यालाई क्षेत्रिमा गनियो या बाहुनमा गनियो । त्यस्तो गल्ती अहिलेको जनगणनामा दोहोरिनु हुँदैन ।’

अध्यक्ष बरामले आदिवासी जनजातिहरु विभिन्न धर्ममा आवद्ध रहेको भन्दै उनीहरुको जनसंख्या धेरै रहेको भएपनि जनगणनामा जबरजस्ती हिन्दु धर्मावलम्वीहरुको संख्या बढाउने गरिएको बताउनुभयो । यस पटकको जनगणनामा आदिवासी जनजातिहरुले मान्ने धर्महरुको सम्बन्धमा यथार्थ रुपले गणना गरी सही तथ्यांक समेटिनुपर्ने उहाँले बताउनुभयो । नेपालका विकट ठाउँसम्म घर–घरमै गणक पुग्नुपर्ने तथा स्थानीय लवज र भाषालाई बुझ्ने गणक सम्बन्धित ठाउँमा खटाउन उहाँले सरकारसमक्ष आग्रह गर्नुभयो ।

अध्यक्ष बरामले भन्नुभयो – ‘यति धेरै आदिवासी जनजातिहरु छौँ । जति तथ्यांक देखाइएको छ धर्ममा, आदिवासी जनजातिहरुलाई उनीहरुले दिएको सही सूचनालाई गलत ढंगले टिपोट गरेर तथ्यांकमा गलत ढंगले राखेर जबरजस्त राज्यले हिन्दुहरुको संख्या बढाउने काम ग¥यो । त्यस्तो गल्ती २०७८ को जनगणनामा दोहोरिनु हुँदैन । भाषाको समस्या छ । लवजको समस्या छ । गणकको भाषा त्यहाँका जनताले नबुझ्न सक्छन् । त्यस्तो क्षेत्रमा त्यहीँको स्थानीय गणक बनाउनुपर्छ भन्ने कुरा सरकारले यसपाली पनि सुनेको छैन । एउटै जाति, भाषा, भेष, धर्महरुको मात्रै गणना गर्ने हो की भन्ने चिन्ता बढीराखेको छ ।’

आदिवासी जनजाति युवाहरुको ठूलो संख्या वैदेशिक रोजगारीमा रहेकाले उनीहरु गणनाबाट छुट्ने आशंका गर्दै अध्यक्ष बरामले विदेशमा बस्ने नेपालीको पनि छुट्टै ढंगले गणना गरिनुपर्ने बताउनुभयो ।