१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने

मुलुकको सुशासन, समृद्धि र विकास निर्माणका लागि जनगणना महत्वपूर्ण विषय होः सभामुख

मुलुकको सुशासन, समृद्धि र विकास निर्माणका लागि जनगणना महत्वपूर्ण विषय होः सभामुख
अ अ+ अ-

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रिय आवश्यक्तालाई परिपूर्ति हुनेगरी जनगणनाको कामलाई सफलतापूर्वक सम्पन्न गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गर्नु भएको छ । 

सभामुख सापकोटाले जनगणना मुलुकको सुशासन, समृद्धि र विकास निर्माणका लागि धेरै महत्वपूर्ण विषय भएको उल्लेख गर्दै त्यसलाई राष्ट्रिय आवश्यक्ता परिपूर्ति हुनेगरी सफलतापूर्वक सम्पन्न गराउन सबैले आ–आफ्नो ठाउँबाट संकल्प गर्नुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो । 

शनिबार (आज) केन्द्रिय तथ्यांक विभागका पदाधिकारीसँग आफ्नो र परिवारको विवरण संकलन गराउँदै उहाँले सही तथ्यांक संकलनका लागि उच्च सतर्कताका साथ काम गर्न पनि सबै गणकहरुलाई अनुरोध गर्नु भयो । 

सभामुख सापकोटाले जनगणनाको कामलाई सफल बनाउने आफूले आफ्ना ठाउँबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, ‘मैले भनिहाले– यो हाम्रो नेपाल राष्ट्रको यति जनसंख्या छ भनेर निकाल्ने कुरा मात्रै होईन । मैले अघि नै भने यो–सुशासनको लागि, समृद्धिका लागि, विकास निर्माणको लागि, हरेक कुराहरुका लागि चाँही धेरै महत्वपूर्ण छ । त्यसकारण हामी सबैले संकल्प गरौं–यो सुरु भएको गणनालाई सफलतापूर्वक हाम्रो राष्ट्रको आवश्यक्ता परिपूर्ति गर्नेगरी यसलाई सफल पार्नका लागि लागौं । र म पनि आफ्नो तर्फबाट सघाउने प्रतिवद्धता व्यक्त गर्दछु ।’

राष्ट्रपति विद्या भण्डारीले गत कात्तिक २५ गतेदेखि सुरु गर्नु भएको ‘राष्ट्रिय जनगणना २०७८’ मंसीर ९ गते सम्पन्न हुनेछ ।

‘मेरो गणना : मेरो सहभागिता’ भन्ने मूल नाराका साथ सुरु भएको जनगणनाका लागि देशभर ४० हजार गणक र ८ हजार ५ सय सुपरीवेक्षक परिचालन गरिएको छ । सभामुख सापकोटाले त्यसलाई सफलतापूर्वक सम्पन्न गराउन गणकहरुको परिचालनमा उचित ध्यान दिन पनि केन्द्रित तथ्यांक विभागका पदाधिकारीहरुलाई सचेत गराउनु भयो ।