१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने

विप्लव समूहले कात्तिक ३० गते ‘नेपाल बन्द’ गर्ने

विप्लव समूहले कात्तिक ३० गते ‘नेपाल बन्द’ गर्ने
अ अ+ अ-

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले यही कात्तिक ३० गते ‘नेपाल बन्द’ आह्वान गरेको छ । 

पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य बस्तुहरुमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदवाव दिने भन्दै नेकपाले कात्तिक ३० गते मंगलबार नेपाल बन्द आह्वान गरेको हो । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य बस्तुहरुमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारलाई जनदवाव दिन ‘नेपाल बन्द’को आह्वान गर्नु परेको बताउनु भयो । 

उहाँले सो ‘नेपाल बन्द’ शान्तिपूर्ण हुने र त्यसले सरकारले बढाएको महंगीविरुद्ध राष्ट्रिय ऐक्यवद्धता प्रर्दशन गर्ने तर्क समेत गर्नु भयो । नेता बास्तोलाले ‘नेपाल बन्द’लाई शान्तिपूर्ण बनाउन जनतालाई अपिल गर्ने र त्यसमा सहयोग गर्न सञ्चारकर्मीहरुलाई पनि आग्रह गर्नु भयो । उहाँले भन्नु भयो, ‘पेट्रोलियम पदार्थको गरिएको मूल्यवृद्धि सरकारले रोक्नु पर्छ । त्यसो गर्दाखेरी अहिले गरिएको पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि घटाउनु पर्छ र पेट्रोलियम पदार्थको मात्रै कुरा होईन् । देशको हरेक क्षेत्रमा मूल्यवृद्धि भएको छ । चिनीमा मूल्य वृद्धि भएको छ । तेलमा मूल्यवृद्धि भएको छ । नुनमा त्यत्तिकै मूल्य वृद्धि भएको छ । 

चामलमा त्यत्तिकै मूल्यवृद्धि भएको छ । हरेक क्षेत्रको मूल्यवृद्धिको पछाडि राज्यको प्रणाली छ । यो मूल्यवृद्धि तुरुन्त घटाउनु पर्छ भन्ने हाम्रो कुरा छ । त्यसको निम्ति हामीले राज्यलाई दवाव दिनका निम्ति एउटा राष्ट्रिय सोलिडारिटी र जनताको ऐक्यवद्धता र दवाव दिनका निम्ति हाम्रो पार्टीले कात्तिक ३० गते नेपाल बन्द भनेका छौं । 

नेपाल बन्द भनेको शान्तिपूर्ण तरिकाले राज्यलाई दवाव दिनका लागि एउटा सोलिडारिटी यो महंगीको विरुद्धमा राज्यको बैधानिक लुटपाट, कानुन बनाएर लुटपाट गर्ने, नियम बनाएर लुटपाट गर्ने राज्य आफैं जो बनेको छ । यसलाई खारेज गरिनुपर्छ । मूल्यवृद्धि रोकिनु पर्छ । त्यसको निम्ति जनदवाव दिन नेपाल बन्द आह्वान गरेको छौं ।’

नेता बास्तोलाले राज्यले जनतालाई महंगी बढाएर बैधानिक लुटपाट मच्चाएको आरोप लगाउनु भयो । उहाँले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारणबारे झुट बोलिरहेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो ।