१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने

विमानस्थलमा छिटै सटल बस सेवा सञ्चालनमा ल्याइन्छः पर्यटनमन्त्री (भिडियोसहित)

विमानस्थलमा छिटै सटल बस सेवा सञ्चालनमा ल्याइन्छः पर्यटनमन्त्री (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताउनुभएको छ । 

आईतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६ औँ बेठकको समुद्घाटन समारोहमा मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताउनु भएको हो । उहाँले यात्रुहरुले विमानको भन्दा धेरै ट्याक्सी भाडा भएको गुनासो गरेपछि अब विमानस्थलमा ४ वटा सटल बस निःशुल्क सञ्चालन गरिने बताउनु भयो । मन्त्री आलेले मजदुरहरुको लागि विमास्थलमा विश्राम घरको निर्माण गर्न निर्देशन दिएको पनि बताउनुभयो । उहाँले भारतीय समकक्षीसँगको भेटमा नेपाललाई भारतलगायत मध्यपूर्व र पश्चिमी मुलुकहरुसँग जोड्ने पश्चिमतर्फको हवाइ रुट लिमा–६२६ लाई दुईतर्फी बनाउन पनि आग्रह गरेको बताउनु भयो ।

पर्यटनमन्त्री आलेले भन्नुभयो, ‘यो मन्त्रालयले विगतमा भन्दा अहिले धेरै तीव्रताका साथ काम गरेका छ, विगतमा हरेक मन्त्री आइसकेपछि बुझ्नलाई धेरै समय लगाउनुहुन्थ्यो, तर म आइसकेपछि तीव्रताका साथमा विगतमा १०४ दिनदेखि नेपाल एयरलाइन्सको अफिसमा भएको तालाबन्दी खुलाउने कामहरु गरेँ । 

पीसीआरमा व्यापक असनयमितता भएको कुरा थियो, त्यसलाई मैले नियन्त्रण गरेँ, त्यसपछि जति पनि विदेश जाने हाम्रा श्रमजीवि मजदुरहरुको निमित्त एउटा छुट्टै विश्राम घरको निर्माण गर्ने भनेर मैले निर्देशन दिइसकेको छु, आज हरेक व्यक्तिहरुले के भन्न थालेका छन् भन्दा प्लेन भन्दा ट्याक्सी महंगो भयो भन्ने गुनासो आएको हुनाले अब हामी छिटै एउटा सटन बस आन्तरिक र बाह्य एयरपोर्टमा  ४ वटा सटल बस सञ्चालन गर्दैछौँ, नेपाल नागरिक उड्डयन प्राधिकरणले निःशुल्क सटेन बस सेवा सञ्चालन गर्दैछौँ, साथसाथै म अस्ति २६ गते दिल्ली गएको थिएँ, क्याबिनेटबाट अनुमोदन गरेर नेपाल सरकारले मलाई पठाएपछि मैले दुई दिने भ्रमणमा त्यहाँका पर्यटन मन्त्री र नागरिक उड्डयन मन्त्रीसँग आधा घण्टा मेरो छलफल भयो, नेपालीमा कुरा गरेँ, नेपाललाई भारत लगायत मध्यपूर्व र पश्चिमी मुलुकहरुसँग जोड्ने पश्चिमतर्फको हवाइ रुट लिमा–६२६ लाई दुईतर्फी बनाउन पनि आग्रह गरेँ, दिल्लीमा ६ टू ६ वान वे छ, त्यसलाई टू वे सञ्चालन गर्नुप¥यो भनेर आग्रह गरेँ, जुन हाम्रो भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सम्माननीय प्रधानमन्त्रीज्यूबाट छिटै उद्घाटन पनि गर्दैछौँ, त्यसलाई पनि भोलि गएर ल्याण्डिङ र टेकअप गर्नको लागि समस्या भएको हुनाले त्यसलाई छिटो टू वे बनाउनुप¥यो भनेर मैले अनुरोध गरेको छु, त्यस्तै अहिले हाम्रो नेपाल एयरलाइन्सको जहाज एउटा मात्रै दिल्ली जाने गर्छ,कम्तिमा त्यसलाई दुई वटा बनाइदिनु प¥यो भनेको छु, नेपालको जहाजबाट भारतको जहाज नेपाल र नेपालका जहाजबाट भारत जाँदा विदेशीहरुले चढ्न नपाउने एयर बबल त्यहाँ लागू भएको छ त्यसलाई पनि छिटै हटाउनु प¥यो भनेर समकक्षी मन्त्रीलाई भनेको छु ।’

पर्यटनमन्त्री आलेले भारतीय सिभिल एभिएसन मन्त्री ज्योतिरादित्य एम सिन्धियासँग भारतमा नेपाल एयरलाईन्सको दुई वटा विमान उडान भर्ने व्यवस्था मिलाउन पनि आग्रह गरिएको बताउनु भयो ।