१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने

समयमै महाधिवेशन गर्न नसक्नु सामूहिक क्षयिकरणको प्रमाण होः गगन थापा (भिडियोसहित)

समयमै महाधिवेशन गर्न नसक्नु सामूहिक क्षयिकरणको प्रमाण होः गगन थापा (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले आईतवार बसेको केन्द्रिय कार्यसमितिको बैठकपछि मात्रै पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको बताउनु भएको छ । 

सोमबार नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट काठमाडौँ महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा नेता थापाले  आईतबार बसेको केन्द्रिय कार्यसमितिको बैठकपछि मात्रै पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको बताउनु भएको हो । 

उहाँले निर्वाचन आयोगलाई बारम्बार दबाव दिएपछि मात्रै महाधिवेशन समयमै गर्न सकिएको बताउनु भयो । नेता थापाले समयमै महाधिवेशन गर्न नसक्नु एक ढंगले पार्टीको सामुहिक क्षयिकरणको प्रमाण भएको बताउनुभयो । उहाँले नेपाली काँग्रेसका नेताहरु पार्टी भित्र विधानको सर्वोच्चतालाई कायम गर्ने कुरामा पटक पटक चुकेको बताउनुभयो ।

नेता थापाले भन्नुभयो, ‘हिजो हामीले केन्द्रिय समितिको बैठक सम्पन्न ग¥र्यौं, केन्द्रिय कमिटीको बैठक सम्पन्न गरेपछि प्रदेशको निर्वाचनको संयोजकहरु तोकेका छौँ, अधिवेशनको निम्ति व्यवस्थापन गर्ने समितिहरु बनाएका छौँ, हिजोको बैठकपछि भने साथीहरुलाई अब अधिवेशन हुन्छ भन्ने कुराको ढुक्क भयो, ढुक्क हुनुभएको मैले पाएको छु, किनभने पार्टीले अब होटल नै बुक गर्न थाल्यो, हल नै बुक गर्न थाल्यो भनेपछि बल्ल अधिवेशन हुन्छ भन्ने कुराको साथीहरुलाई ढुक्क भएको अवस्था छ,यद्यपी कतिपय जिल्लामा अझै पनि प्रारम्भिक अधिवेशनहरु सम्पन्न भइरहेको, कतिपय ठाउँमा अझै विवाद छ, केही साथीहरु अनसन बसिरहनु भएको छ, केही साथीहरु अनसन बस्ने तयारीमा हुनुहुन्छ, नेपाली काँग्रेस जस्तो पार्टीको अधिवेशनको सन्दर्भमा अधिवेशन आउनु भन्दा १५÷२० दिन अघिसम्म पनि पार्टीको जिम्मा दिएको साथीहरुलाई अधिवेशन हुन्छ कि हुँदैन भन्ने अलमल रहने कुरा आफैँमा हामी कति तल झरिसक्यौँ भन्ने कुराको प्रमाण हो, हामीले आफ्नो अधिवेशनको बारेमा ढुक्क भएर हुन्छ भन्ने अवस्था बनेन, यसलाई हामीले जति भनेपनि हामीले निर्वाचन आयोगलाई तारन्तार दबाव नदिएको भए पुषको पहिलो साता भित्र निर्वाचन आयोगलाई नेतृत्वको नाम बुझाउनै पर्छ भन्ने अनिवार्यता नरहेको भए सायद अधिवेशन हामी एक÷दुई महिना टाथ्र्यौं होला, समयमै महाधिवेशन गर्न नसक्नु एक ढंगले सामुहिक क्षयिकरणको प्रमाण हो, नेपाली काँग्रेसका नेताहरु पार्टी भित्र विधानको सर्वोच्चतालाई कायम गर्ने कुरामा पटक–पटक चुकेका छन् ।’

नेता थापाले अहिले अदालतमा भएको समस्यालाई नेपाली काँग्रेसले समाधान गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाली काँग्रेस आगामी निर्वाचनमा भोट माग्न जाँदा मतदातालाई चुनाव जितेको ५ वर्षमा काँग्रेसले गर्ने कामको सूची बनाएर जानुपर्ने बताउनु भयो । नेता थापाले नेपाली काँग्रेस राष्ट्रिय निर्णय गर्दा मतदाता र आम जनता खुशी हुने गरी गर्नुपर्ने बताउनु भयो ।

नेता थापाले भन्नुभयो, ‘आज अदालतमा यत्रो ठूलो समस्या देखिरहेका छौँ,अदालत स्वतन्त्र रहनु पर्छ, न्यायालय शुद्ध हुनुपर्छ, अदालत भित्रको नेतृत्व नै विचलित भयो भने त्यहाँ भित्र न्याय मर्छ र स्वतन्त्र न्यायपालिका र न्यायालयको लागि काँग्रेस लड्छ भन्ने कुराको विश्वास गरेर एउटा मतदाताले रुख चिन्हमा मत हाल्छ, त्यो कुरामा चुक्यो भने मतदाता रिसाउँछ हाम्रो मत घट्छ, नेपाली काँग्रेसको १२÷१५ लाख यस्तो मतदाता छ, नेपाली काँग्रेसले राष्ट्रिय निर्णय गर्दा एक ठाउँ चुक्यो भने मत हाल्दैन, दण्ड दिन्छ, त्यो मतदाता जोगाउनु पर्नेछ, ३५ लाख मतदाताले रुखमा किन मत हाल्ने भन्ने प्रश्नको उत्तर नेपाली काँग्रेसले लिएर जानुपर्छ, मतदाता जम्मा पार्न अबको काँग्रेसले ४÷५ वर्षमा के गर्छ भनेर बताउनु सक्नुपर्छ, काँग्रेसले ५ वर्ष मौका पायो भने के गर्छ भन्ने कुराको योजना बनाएर जनताको बीचमा जाने जसको आधारमा नयाँ मतदातालाई काँग्रेसलाई मत हाल्ने वातावरण होस् ।’

नेता थापाले महाधिवेशनबाट १३ लाख मतदाता थप्न सके काँग्रेस अब आउने निर्वाचनमा पहिलो एकल पार्टी भएर आउने दाबी गर्नुभयो ।