७ आश्विन २०८१, सोमबार
,
Latest
अत्यधिक गर्मी बढेपछि विद्यालयमा बिदा शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप कांग्रेसको संसदीय मामिला विभाग सदस्य मनोनीत जनगणनामा कोही पनि नछुटुन् भन्नेकुरामा सचेत हुन सरकारलाई सांसदहरुको सुझाव दुर्गा प्रसाईंलाई गैरकानूनी रुपमा हिरासतमा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन: साना तथा मझौला उद्योगमा लगानी बढाउँदै क्रियटिभ इकोनोमीको… गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो चिरञ्जीवीको नाम गिनिज बुकमा संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दमा बस चलाएको भन्दै विप्लव कार्यकर्ताहरुले गरे साझा यातायातको बसमा तोडफोड



अ+ अ-

ललितपुर । नेत्रविक्रम चन्द (विप्लव)का कार्यकर्ताहरुले ललितपुरको इटिचोकस्थित महायान पेट्रोल पम्प नजिकै साझा यातायातको बसमा तोडफोड गरेका छन् । बन्दको दिनमा पनि बस चलाएको भन्दै मंगलबार बिहान बा ५ख ८७५५ नम्बरको बसमा विप्लवका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् ।

बन्दकर्ताले ढुंगामुढा गर्दा साझा बसमा भने धेरै ठुलो क्षति नपुगेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । 

प्रहरीले आजविभिन्न स्थानबाट बन्द गरोँदै हिँडेका विप्लव कार्यकर्ताहरुलाई पक्राउ पनि गरेको छ । पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्य वृद्धि तत्काल हटाउन माग गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको हो ।