८ भाद्र २०८३, सोमबार
,
Latest
स्वीस सरकारबाट नेपालको टिभेट सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता ‘खर्क नीति’ लाई समयसापेक्ष परिमार्जन गरी मुलुकको समृद्धिमा जोडौँः सांसदहरु विशेष महाधिवेशन पक्षधरले भ्रमको खेती फैलाए : कांग्रेस नेता खड्का हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढ़ी खाचोँ छ : राष्ट्रपति श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूकीले निर्वाचनमा धाँधली गरेको जुन्ता सरकारको अभियोग



अ+ अ-

याङ्गुन । म्यानमारको जुन्ता सरकारले अपदस्थ नेतृ आङ साङ सूकीलाई निर्वाचनमा धाँधली गरेको अभियोग लगाएको छ । गत सन् २०२० मा भएको संसदीय निर्वाचनमा सूकीले अनियमितता गरेको सैनिक सरकारको दाबी रहेको छ ।म्यानमारको सैनिक नेतृत्वले गत फेब्रुअरी १ तत्कालिन सरकारका पदाधिकारी र राजीतिक दलका नेताहरुलाई अपदस्थ गर्दै नियन्त्रणमा लिएको छ भने सरकार पनि आफ्नो हातमा लिएको छ । 

सैनिकले नेताहरुलाई थुनेर सत्ता हातमा लिएपछि त्यसको विरुद्धमा देशभरी आन्दोलन भइरहेको छ । आन्दोलनका क्रममा केही मृत्यु भएको छ भने केही घाइते समेत भएका छन् । निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउदै सुकीलाई नियन्त्रणमा लिएको सेनाले सूकीमाथी निर्वाचनको विषयलाई समेत लिएर मुद्धा दर्ता गरेको हो । 

म्यामारमा प्रजातन्त्र स्थापनाका लागि लामो संघर्ष गर्नु भएकी ७६ वर्षीया सूकीलाई भ्रष्टाचार गरेको, शक्तिको दुरुपयोग गरेकोलगायतका अन्य मुद्धा पनि लगाइएको छ ।तर उहाँलाई लगाएको मुद्धाहरुका बारेमा पर्याप्त विवरणहरु भने सार्वजनिक गरिएको छैन ।

सूकीसँगै अन्य १५ जना उच्च अधिकारीहरुलाई पनि यस्तै मुद्धा लगाइएको छ । मुद्धाको सामना गरिरहेकाहरुमा पूर्व राष्ट्रपति विन मिन्ट, निर्वाचन आयोगका पूर्व अध्यक्षलगायत रहनु भएको छ । (रासस-एएफपी)