१० असार २०८३, बुधबार
,
Latest
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति पदमा लड्छु– महामन्त्री डा कोइराला



file
अ+ अ-

सङ्खुवासभा  । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको आगामी १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा लड्ने घोषणा गर्नुभएको छ । आज सङ्खुवासभा आउने क्रममा तुम्लिङटार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा लड्ने बताउनुभयो । 

पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको उहाँको भनाइ थियो । उहाँले सभापति पदका लागि उम्मेदवारीको औपचारिक घोषणा चाँडै गर्ने बताउनुभयो । महामन्त्री गठबन्धन चुनाव अघिसम्म मात्रै रहने बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी चुनावमा कुनै पार्टीसँग तालमेल हुँदैन, आगामी चुनावमा अन्य पार्टीसँग गठबन्धन गर्ने विषयमा कांग्रेसले सहमति गरेको छैन ।” 

नेपाली कांग्रेसले वर्तमान सत्ता गठबन्धनका लागि मात्रै सहकार्य गरेको उहाँको भनाइ थियो । कोइरालाले आगामी निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउने दाबी गर्नुभयो । एक्लै चुनाव लड्दा पनि आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने उहाँको भनाइ थियो ।