१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने

धार्मिक, पर्यटकीय क्षेत्रको विकास हुनु जरुरी छः अध्यक्ष नेपाल

धार्मिक, पर्यटकीय क्षेत्रको विकास हुनु जरुरी छः अध्यक्ष नेपाल
अ अ+ अ-

डोटी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुदूरपश्चिमलाई विश्वभर चिनाउन यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास हुनु जरुरी रहेको बताउनुभएको छ । 

सुदूरपश्चिमकै धार्मिक आस्थाको धरोहर तथा प्रसिद्ध बडिकेदार मेलामा सहभागी हुनका लागि आज आउनुभएका अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेशमा रहेका विभिन्न धार्मिक, पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न र देश विदेशमा चिनाउनका लागि भए पनि ती क्षेत्रको संरक्षण तथा थप विकास गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिम धार्मिक, पर्यटकीय क्षेत्रसहित कला संस्कृतिले धनी प्रदेश हो, यहाँका पुराना कला संस्कृति र धार्मिक क्षेत्रको प्रचारप्रसारसहित संरक्षण गर्न अति जरुरी छ ।”

यसैगरी उहाँले डोटीमा हिन्दू धर्मका चारै धामलगायत प्रमुख धार्मिक क्षेत्रको एउटै स्थानमा हेर्न मिल्ने गरी पर्यटकीय सङ्ग्रहालय बनाउनुपर्नेमा जोड दिनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले आफू प्रधानमन्त्री भएका बेला सबै धार्मिक क्षेत्रको झल्को दिने गरी धार्मिक सङ्ग्रहालय स्थापना गर्ने अवधारणा अगाडि ल्याएको भए पनि आफू सरकारबाट बाहिरिएसँगै सो कुराले प्राथमिकता नपाएको दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो, “म प्रधानमन्त्री हुँदा धार्मिक सङ्ग्रहालय स्थापना गर्ने अवधारणा अगाडि ल्याएको थिए, पछि कसैले बनाउनु भएन । अब चाँडै धार्मिक सङ्ग्रहालय निर्माण गर्ने कार्यले सफलता पाओस् ।”

सोही कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पुराना धार्मिक कला, संस्कृतिको जगेर्ना गर्नुपर्ने बताउनुभयो । “नयाँ पिँढीलाई जानकारी होस् भन्नका लागि र आफ्नो संस्कृति जोगाइ राख्न र चिनाउनका लागि पुराना धार्मिक कला, संस्कृतिको जगेर्ना गर्नु अवश्यक छ”, मन्त्री आलेले भन्नुभयो, “धार्मिक कला, संस्कृतिको जगेर्ना गर्न मेरो मन्त्रालयले पूर्ण सहयोग गर्ने छ ।” यसैगरी मन्त्री आलेले डोटीको प्रसिद्ध मन्दिर शैलेश्वरी तथा बडिकेदारलगायत क्षेत्रको विकास तथा स्तरोन्नतिका लागि थप पहल गर्नुका साथै आवश्यक बजेटसमेत विनियोजन गरिने बताउनुभयो । उहाँले थप भन्नुभयो, “धार्मिक तथा पर्यटन क्षेत्रको प्रचारप्रसार गर्नसके हामी थुप्रै पर्यटक भित्र्याउन सक्छौँ, अब सबै ठाउँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गरिने छ ।”

सुदूरपश्चिमकै धार्मिक आस्थाको धरोहर तथा प्रसिद्ध बडिकेदारमा हरेक वर्ष तिहारपछिको चतुर्दशी तिथिमा पूजाआजा तथा मेला लाग्ने गर्दछ । बडिकेदारको शिलामा पूजाआजा गर्ने गरिन्छ । शिवजीको प्रतिमूर्तिका रूपमा रहेको बडिकेदार शिला नजिकै ढुङ्गामा गाई र बाच्छाको मूर्तिसमेत रहेको छ । मूर्ति रहेको स्थान भौगोलिकरुपमा विकट अर्थात् भिरको बीचमा रहेको छ । अन्य देवीदेवताको मन्दिरमा भन्दा बडिकेदारमा विभिन्न जातजाति भाषाभाषीको समान आस्थाको केन्द्र बन्दै गएको छ । प्रायजसो सन्तान प्राप्त नभएका अधिकांश महिला पुरुष पुत्रलाभको कामना गर्दै बडिकेदारमा पुग्ने गर्दछन् । 

उक्त मेलमा पछिल्लो समयमा भारतको उत्तर प्रदेशबाट पनि तीर्थालु भक्तजन आउने गरेका स्थानीयवासी तथा बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर बोहराले जानकारी दिनुभयो ।