१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने

नेपाली महिला क्रिकेटको प्रभावशाली खेल, कतारविरुद्ध नेपालको ऐतिहासिक जित

नेपाली महिला क्रिकेटको प्रभावशाली खेल, कतारविरुद्ध नेपालको ऐतिहासिक जित
अ अ+ अ-

काठमाडौंः नेपाली महिला टी ट्वान्टी टिमकी कप्तान रुविना क्षत्री र सरस्वती कुमारीको उत्कृष्ट प्रदर्शनबाट नेपालले कतारलाई उसकै घरेलु मैदानमा पराजित गरेको छ ।

कतार भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले एक खेल अगावै घरेलु टोली कतार विरुद्धको टी ट्वान्टी अन्तर्राष्टिय सिरिज आफ्नो पक्षमा पारेको हो ।

बुधबार भएको दोस्रो खेलमा कतारलाई ६१ रनले पराजित गरेको थियो । नेपालले दिएको १३० रनको लक्ष्य पछ्याएको कतार १९.३ ओभरमा ६८ रनमा अलआउट भयो।

कतारका लागि कप्तान आयशाले सर्वाधिक २४ रन तथा केरि पाउनसेटले १५ रन बनाइन् । अन्य खेलाडी सस्तैमा आउट भए ।

कतारलाई कम स्कोरमा रोक्न नेपालकी सरस्वती कुमारीले ८ रन खर्चेर सर्वाधिक ४ विकेट लिइन्। रुविना क्षेत्रीले दुई विकेट झारिन्। २.३ ओभर बलिङ गरेकी रुविनाले १२ रन खर्चिन्।

सवनम राई र कविता जोशीले समान एक विकेट झारे।

त्यसअघि दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेशनल क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो ।   

नेपालका लागि कप्तान रुविना क्षेत्रीले अर्धशतक प्रहार गरिन्। ४८ बलको सामना गरेकी कप्तान रुविनाले ४ चौका र १ छक्का हान्दै अर्धशतक पुरा गरेकी हुन्। रुविना अन्तिम ओभरको चौथो बलमा क्याच आउट हुन पुगिन्।

कप्तान रुविना नेपालबाट महिला टि२० खेलमा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी हुन्। यसअघि कतारसँगकै पहिलो खेलमा इन्दु बर्माले अर्धशतक प्रहार गर्दै कीर्तिमान राखेकी थिइन्।

ओपनर कविता कुँवरले ३१ को योगदान दिईन्। ३० बलको सामना गरेकी उनले २ छक्का प्रहार गरिन्। अप्सरी वेगम २३ र कविता जोशी शुन्य रनमा नटआउट रहे।

अप्सरी वेगमले १७ बलमा १ चौका मद्धतमा २६ रनमा नटआउट रहिन्।  ज्योति पाण्डेले ६, सरिता मगरले ४ र काजल श्रेष्ठले ३ रन थपे। डोली भट्ट शुन्य रनमा रन आउट भइन्।

कतारका लागि एन्जेलिना मेरीले २ तथा एलिना खान, सविजा पनायाम र साची डाडवालले एक एक विकेट लिए।

यसअघि मगंलबार भएको पहिलो खेलमा नेपालले कतारलाई ११९ रनको फराकिलो अन्तरले हराएको थियो।

नेपाल र कतारबीचको तेस्रो खेल बिहीबार हुनेछ।

आइसिसी वुमन्स टि–२० एसिया छनोटको तयारीका लागि नेपालले कतारसँग तीन टि२० सिरिज खेलिरहेको छ।

सिरिजपछि नेपाली टोली शुक्रबार युएईतर्फ जानेछ।