१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा दुई वटा टाटा पन्च ईभी जित्ने अवसर News Polar कांग्रेसले शहीद तथा द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष बनाउने News Polar रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार News Polar निगम सुधारका लागि तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक : सांसद रेग्मी News Polar अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय News Polar कांग्रेसमा टिकट र नेतृत्व चयनको अधिकार तल्लो तहमा लैजाने गगनको प्रस्ताव News Polar वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकनको गृहकार्य हुँदैछः पर्यटनमन्त्री पौडेल News Polar ब्याजदरको भारले थिचिएको वायुसेवा निगम, सरकारबाटै उठ्न बाँकी छ साढे १३ करोड News Polar जलवायु परिवर्तनले पुल निर्माणको पुरानो मापदण्ड बदल्नुपर्ने अवस्था आयो : सडक महानिर्देशक जैसी News Polar रुग्ण परियोजनाको प्रगतिमा तीव्रता, ६ महिनामै भौतिक प्रगति ५० प्रतिशत नाघ्यो News Polar विपद्पछि पुनर्निर्माणको मापदण्ड फरक–फरक हुनुपर्छ : डा. उप्रेती News Polar गुल्जार हुने कागबेनीधाम गुमनाम News Polar कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु, तीन क्लस्टरमा प्रतिनिधि विभाजन News Polar दसैँअघि वेत्रावतीमा बेलीब्रिज सञ्चालन गर्ने तयारी News Polar बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ News Polar नेपालमा लगानी गरेर लगानीकर्ता सन्तुष्ट छन् कि छैनन् भन्ने बुझ्छौँः मन्त्री लम्साल News Polar कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने News Polar विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह News Polar गगनलाई ‘नयाँ दल’ भनेर नहेपेको भए हुन्थ्यो : गोकुल बाँस्कोटा News Polar सुनसरीमा २५ सय ६६ किलो गाँजासहित ट्रक नियन्त्रणमा

रेखा थापा, गौंथलीको गुँडका मालिक र मेरा दुई बिद्यार्थी

रेखा थापा, गौंथलीको गुँडका मालिक र मेरा दुई बिद्यार्थी
अ अ+ अ-

जव मानिसलाई आफ्नो परिचय एवं आफ्नो ब्यबसायको बारेमा अलि कम चर्चा हुन थालेको महसुस हुन्छ, आफ्नो भविश्यको गन्तब्य बिन्दूको टुङ्गो नभएको अवस्थाको महसुस हुन्छ तव मान्छे अनौठो ढंगले समाजमा प्रस्तुत हुने गर्दछन् र अनौठो खालको प्रतिकृया ब्यक्त गर्न थाल्दछन् । उसले जन्मेर आफ्नो परिवार, छिमेक र समाजसंग दैनिक जीवन यापनको क्रममा, स्कूलमा वा बिश्वबिद्यालयमा सिकेको, पढेको इज्जत, मान ,सम्मान एवं प्रतिष्ठा, बुद्धि र बिबेकलाई बिर्सिएर आफ्नो प्राकृतिक स्वभाव र आचरण प्रस्तुत गर्दछ । अनि उ “म” र “मेरो”को केन्द्रीकृत स्वभावमा तल्लिन हुन जान्छ । उसंग अगाडी वा पछाडी हेर्ने वा सोंच्ने फुर्सद हुँदैन । यसैबाट थाहा लाग्छ कि उसको बास्तविक आचरण र स्वभाव कस्तो रहेछ भन्ने । यो मानव मनोबिज्ञान हो । र, त्यस प्रकारको ब्यवहार र प्रतिकृया उनीहरुको अन्तिम अस्त्र पनि हो ।

गत महिना मलाई अन्य केही सामाग्रीहरु पढ्ने क्रममा सौर्य दैनिकको गाइजात्रा अंक र उक्त अंक प्रकाशनपछि नायिका रेखा थापाको प्रतिकृयाबारे चिरन्जीबीद्धारा लिखित लेख पढ्ने अबसर मिल्यो । यी दुई सामाग्री पढेपछि हर पाठकलाई एक प्रकारको चिन्तनमा डुबाएको हुनु पर्छ । पछिल्लो लेख प्रति आएको प्रतिकृयाले मलाइ दुई-चार हरफ नकोरी सन्तोष दिएन ।

मेरो जीवनका केही अबिस्मरणीय घटनाहरु मध्ये दुई तीन घटनासंग नायिका रेखा थापा र पत्रकार चिरन्जीबीको घटनालाई तुलना गर्न पुगें । पहिलो घटना यस प्रकार थियो- २०३६/२०३७ सालमा मैले म्याग्दी जिल्लाको बेनी बजारमा जागीर खान्थें । नेपालको त्यतिबेलाको सरकारी वा गैरसरकारी जुनसुकै भएपनि जागीरले कर्मचारीलाई जीवनयापन गर्न धौ-धौ पर्ने भएकाले मसंग भएको ज्ञान र शीपलाई किन प्रयोग नगर्ने भन्ने उद्देश्यले मैले त्यहाँ एस् एल् सीको परीक्षा दिने बिद्यार्थीहरुलाई ट्युसन पढाउने गर्दथें, ट्युसन पनि बिद्यार्थीहरुलाई सवभन्दा मन नपर्ने र पढ्न अल्छि लाग्ने बिषय म्याथमेटिक्स । मैले पढाउने ग्रुपमा यदि दश जना भन्दा बढीको संख्या भयो भने दुई ग्रुपमा बिभाजन गर्थें, जसले गर्दा पढाउन सजिलो होस् र पढ्ने बिद्यार्थीले पनि राम्रोसंग बुझ्न सकुन भन्ने मेरो उद्देश्य थियो । मसंग पढ्न आउनेमध्ये कोही बेनीभन्दा माथी पुला, अर्थुङ्गे, राखु र बेनी पारी पर्बत जिल्लाको मल्लाजका पनि थिए । एउटा ग्रुपमा ६ जना छात्र र चार जना छात्रा थिए । म्याग्दी जिल्ला भरिनै त्यतिबेला युबतीहरुमा बडो अचम्म खालको मनोबिज्ञान थियो । उनीहरु अठार बर्ष काटे भने अब आफु बुढी भएको ठान्दै बिबाह नहुने होकि भनेर थर्थराउँथे । चौध-पन्ध्र बर्षको उमेरमै बिबाह गरिदिने प्रचलन थियो । त्यतिखेरसम्म बिबाह भएन भने पोइल जाने सुरताल खोज्न थाल्थे । अझ आफ्नो गाँउ वा छिमेकी गाँउको कुनै युवा बेलायतको सैनिकमा भर्ती भएको छ र उ छुट्टीमा गाँउ आएको छ भने उसंग नजिक हुन युवतीहरुको तँछाड-मछाड नै हुन्थ्यो । चाहे त्यो युबक बिबाहित नै किन नहोस् ।

दुई महिनासम्म लगातार कसैलाई ट्युसन पढाइन्छ भने उसको अध्ययन शैली, क्षमता र उसले त्यो बिषयमा प्राप्त गरेको ज्ञानबारे अडकल काट्न त्यति कठिन पर्दैन । मेरो त्यो ग्रुपमा दुई युवतीले पढाइमा त्यति ध्यान नदिए जस्तो लाग्यो र मैले उनीहरुसंग पढाइबारे कुरा गर्न ट्युसन सकिएपछि एकछिन पर्खन आग्रह गरें । किनकि ती दुई युवतीले त्यतिबेलासम्म दिएको होमवर्क एउटा पनि पूरा गरेका थिएनन्, ट्युसनमै पढाउने क्रममा दिएको कामसमेत नगरेर मुस्कुराउँदै बरु कपीमा केही नक्सा कोरेजस्तो गर्ने, चित्र बनाए जस्तो गरेर समय बिताउँथे । मलाइ लाग्थ्यो यिनीहरुले मैले पढाएको बुझिरहेका छैनन् ।

उनीहरु बिहान साढे छ बजेनै ट्युसन लिन आउँदा भने लाली पाउडर दल्न भ्याएका हुन्थे । लुगा चिटिक्क पारेर लगाएका हुन्थे । जबकि ती चार मध्येका अरु दुइ उमेरले अलि साना पनि थिए, आफ्नो बाह्य सुन्दरतातर्फ त्यति ध्यान दिदैनथे । कहिलेकाँही त कपाल भताभुङ्गै ट्युसनमा आइपुग्थे र भन्थे सरी सर गए राती सरले दिएको हिसाब अबेरसम्म मिलाउन सकिन सुत्दा अलि ढिलो भयो बिहान भुसुक्कै निदाएछु, त्यसैले बिहान कपाल कोर्न पनि भ्याइन ।

दश जना बिद्यार्थीहरुको समुहका यी चार युबतीहरुबीच नितान्त भिन्न चरित्र हुनुमा कस्तो मनोबिज्ञानले काम गरेको छ भन्ने जान्न म अझ बढी उत्सुक भएको थिएँ । त्यसैले पनि ती दुई युबतीलाई एकक्षण पर्खिने आग्रह गरेको थिएँ ।

कुराकानी सुरु भयो, मैले सोधें तिमीहरुले मैले पढाएको बुझ्दैनौ ? यदि बुझ्दैनौ भने मैले पढाउने शैलीमा परिवर्तन गर्नु पर्छ कि अथवा तिमीहरुले अरु कुनै म भन्दा अनुभवी शिक्षकसंग पढ्न जान चाहान्छौ ? किनभने यो तिमीहरुको भबिष्यको कुरा हो । यदि तिमीहरुले अरु कसैसंग पढ्न चाहान्छौ भने म तिमीहरुका लागि खुसी हुनेछु । हेर परीक्षाफल आउँदा असफल हुन कसैलाई मन लाग्दैन । पछि तिमीहरुले फलानो सरले पढाएको फेल भइयो भन्ने, अर्कोतिर मेरो मनमा पनि आफुले पढाएका बिद्यार्थी फेल हुँदा खिन्नता र हिनताबोध हुने ।

मैले त्यत्तिमात्र के भन्न भ्याएको थिएँ, एउटीले भनिन् होइन सर हामीलाई ठीक छ, हामीले सरले पठाएको बुझ्न कठिन छैन् ।

त्यसो भए किन ध्यान लगाएर होमओर्कहरु गर्दैनौ । हेर तिमीहरुले आजसम्म एउटा पनि होमओर्क गरेका छैनौ । यही मेरो सामुन्नेमा गर्न दिएका कामहरु पनि गर्दैनौ किन त ? यसरी कसरी एस् एल् सी पास् हुन्छौ ? मैले त सम्भावना देख्दिन ।

दुबैले पहिले मुखामुख गरे अनि पछि निगुरी मन्टो लगाएर केही बोलेनन् । मैले झोक्किए जस्तो गरी सोधेँ केही जवाफ छ ?

अर्कि चाहीँले मुख खोलि, सर म पास हुन्न भन्ने मलाइ थाहा छ, त्यसैले मैले मेहनत गर्दिन । हेर्नुस सर म १९ बर्ष भैसकें म मेरो कक्षामा सबभन्दा बुढी, अझै बिबाह भएको छैन, मेरा दमालीहरुले छोरा छोरी हुर्काइ सके । मलाइ मेरो बिबाह नहुने हो कि भन्ने डर छ । एस् एल् सी पास् गरे पनि क्याम्पस पढाउन सक्दिन भनेर बाबा आमाले भनि सक्नु भएको छ, उहाँहरु मेरो बिबाहका लागि केटा खोज्दै हुनुहुन्छ ।

मैले सोधें त्यसो भए तिमीले मसंग पढेर किन पैसा नोक्सान गरिरहेको त ? आफुलाइ पास नहुने भन्ने थाहा हुँदा हुँदै पैसा खर्च गर्न उचित होइन ।

उनले भनिन् मेरो अर्को कुनै अस्त्र छैन, म राम्री चटक्क हुने र एउटा कुनै केटाको आकर्षणको केन्द्रबिन्दू बन्ने अनि बिबाह गर्ने !

मैले मेरो कौतुहलताको उत्तर पाएँ ।

दोस्रो अबिस्मरणीय घटनाको रुप र प्रकृति भने अलि भिन्न छ तर एकै प्रकारका मनोबिज्ञानले काम गरेको । २०४३/४४ सालको कुरा हो, म पदम ठकुराठी र जनार्दन आचार्यहरुले प्रकाशन गर्ने साप्ताहिक बिमर्श ग्रुपको सम्पादक मण्डल मध्येको एउटा सदस्य थिएँ । त्यतिबेला महान कबि, महान साहित्यकार एवं राजनितिज्ञ भनेर चिनिने एक इमानको प्रतिमूर्ती मानिएका मोदनाथ प्रश्रति गौर जेलमा थिए । झण्डै-झण्डै नेपालको नेलशन मण्डेला मानिन्थ्यो उनलाई । उनले एउटा लेख लेखेर हामीलाइ पठाए, उनको लेख प्रकाशित नहुने कुरै थिएन । उता अर्घाखांचीकै प्राकृतिक चिकित्सक काशीराज गौतमले बत्तिस पुतलीमा प्राकृतिक चिकित्सालय खोलेका थिए । यस प्रति नेपालीहरुको त्यति बिश्वास जागिसकेको थिएन । उनले आफ्नो ब्यबसायको प्रचार-प्रसार गर्ने थुप्रै प्रयास गरे तर ब्यबसाय भने पातालतिर जाँदै थियो । उनलाई यो थाहा थियो कि मोदनाथ एक इमानका प्रतिक हुन् भन्ने, र उनले यतिखेर मोदनाथको बिरोधमा केही लेखे भने आफु चर्चामा आइन्छ भन्ने बुझे । एक दिन काशीराजले मोदनाथलाई तथानाम गाली गरेर लेखेको लेख लिएर बिमर्श कार्यालयमा आइपुगे । काशीराज हाम्रो कार्यालयबाट निस्केपछि उनको लेख चर्चाको बिषय बन्यो र लेखबारे प्रतिकृया दिँदै जनार्दन आचार्यले भने-काशीराजको ब्यबसाय चलाउने अन्तिम अस्त्र हो यो । किन भने यो लेख मोदनाथले पढ्छन् र यसको जवाफ लेख्ने छन् । यसरी काशीराज चर्चामा आउने छन् ।’

मैले माथि मोदनाथ प्रश्रतिका बारेमा महान कबि साहित्यकार एवं इमान्दारीताको प्रतिमूर्ती भनेर लेखेकोमा सायद अहिले पाठकहरुलाई यी कुराहरु बुझ्न अलि अप्ठारो पर्ला । किनभने आज मोदनाथ गौंथलीको गुँडका मालिकका रुपमा चिनिन्छन् । केही पुराना राजनीतिक कार्यकर्ता एवं मेरो दमाली भन्दा केही बुज्रुकहरुले मोदनाथको त्यतिबेलाको इमानदारीताको रुप पनि चिनेका छन् । उनी गौर जेलमा भएको बेला उनका तीन छोरा छोरी र पत्नीले भैरहवामा असाध्यै दयनीय अवस्थामा दिन गुजारी रहेका थिए । एक दिन बिजय (दनाथका छोरा) ले आफुले रमापुरमा बसोबासको ब्यबस्था गर्न खोजेको तर अलिकती रकम नपुगेकाले अप्ठेरो परेको कुरा गरे ।

राष्ट्रका लागि नितान्त आबश्यकीय ब्यक्ति जेलमा परेको बेला उनको परिवारको रक्षा गर्नु हामी सबैको कर्तब्य हो भन्ने सम्झेर मैले मेरो लगभग ८० बर्षीय बृद्ध बाबा र बृद्ध आमालाई खरको भित्ता भएको बुकुरोमा असरल्ल राखेर चुपचाप फर्साटिकरमा भएको एक टुक्रा जग्गा पनि बेचेर आएको रकम उनलाई थमाइ दिएँ । उनको घरबासको ब्यबस्था भयो । हुनत उनले केही बर्षपछि त्यो रकम फर्काए, उनले रकम फर्काउँदासम्म मुद्रास्फीति निकै भैसकेको थियो ।

केही बर्ष बित्यो सन् १९९६ मा म नेपाल पुगेको बेला मोदनाथजी गौथलीको गुँडको मालिक बनिसकेका थिए । मलाई उनको त्यो गुँड हेर्ने चाहना जागेर आयो र टेलिफोन लगाएँ, कविता भाउजुले उठाइन् , मैले राम्रै भलाकुसारी गर्ने कोशिष गरेँ तर उनले को शशी मैले त चिनिन त्यही भैरहवातिर बस्ने शशी हो कि क्या हो ? खै अहिले हामीलाई फुर्सद छैन मोदनाथजी बाहिर कतै जानु भाछ भन्दै टेलिफोन राखिन् ।

मलाई लाग्थ्यो पढेलेखेका आफूलाइ बिद्धान भन्न मन पराउनेहरुको बिद्यताको धङ्ग धङ्गी फरक हुन्छ भन्ने तर म गलत रहेछु । मिनी स्कट लगाउने रेखा थापा, प्राकृतिक चिकित्सक काशीराज, अनि कुनैबेला इमान्दार बिद्धान भनेर चिनिएका मोदनाथ र ती एस् एल् सी पास हुन नचाहने युबतीमा केही भिन्नता छ त ?

हालः लण्डन