१० भाद्र २०८३, बुधबार
,
Latest
बाढीपहिरोका कारण डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित रसुवाको बाढीलाई ‘जलवायु न्याय’ र ‘हिमाली सुरक्षा’को राष्ट्रिय एजेण्डा बनाउन राप्रपा सचेतक ओलीको माग बाढीपहिरो पीडितको उद्धारमा राज्यको सम्पूर्ण सामर्थ्य लगाउन रवि लामिछानेको आग्रह विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः रास्वपा सभापति लामिछाने विपद् प्रतिकार्यमा दलीय स्वार्थभन्दा माथि उठेर जुट्न सभापति लामिछानेको आह्वान सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस्ः रवि लामिछाने मन्त्रिपरिषद् बैठक : जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने रसुवाको बाढीमा घाइते ११ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत रसुवाका बाढीपहिरो प्रभावित क्षेत्रमा बागमती सरकारले आकस्मिक स्वास्थ्य टोली परिचालन गर्‍यो भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा ३३ किलो सुनसहित दुई नेपाली पक्राउ, गोरे समूहको हुनसक्ने अनुमान



अ+ अ-

काठमाडौं । नेपालमा चर्चित ३३ कुन्टल सुन काण्ड सेलाउन नपाउदै भारतको कलकत्ताबाट ३३ किलो अवैध सुनसहित दुर्इ नेपाली पक्राउ परेका छन् । कोलकातामा इटहरीका राकेशप्रसाद र हेमकुमार शर्मा ३३ किलो सुनसहित पक्राउ परेको सूचना भारतीय अधिकारीमार्फत नेपाललार्इ जानकारी भएको छ ।

यस लगत्तै नेपालमा चर्चित ३३ किलो सुन तस्करी र शनम हत्याको अनुसन्धान गर्न गठित समितिले सुनबारे चासो दिएर अनुसन्धान थालेको छ । उनीहरुले प्रयोग गरेको कारमा लुकाइराखेको अवस्थामा सुन बरामद गरेको भरतीय अधिकारीहरुले पुष्टि गरेका छन् ।
सुन नेपाली नागरिकबाटै बरामद भएकाले उक्त सुन त्रिवि विमानस्थलबाटै हराएको सुन हुन सक्ने आशंकामा समितिले अनुसन्धान थालेको हो । चुडामणि उप्रेती ‘गोरे’ समूहको हराएको सुन हो कि हैन भन्नेबारे समितिले अनुसन्धान थालेको हो ।

गृह मन्त्रालय स्रोतले भन्यो ‘भारतमा सुन समातिएको कुरा आएको छ, ठूलो परिमाणमा सुन भित्रने भनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हो ।’ त्यसैले भारतमा समातिएको सुन पहिल्यै भित्रिएको र गायब भएको भनिएको साढे ३३ किलो सुन हुन सक्ने समितिको आँकलन छ ।

 




भर्खरै