५ आश्विन २०८१, शनिबार
,
Latest
मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी पोखरामा डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनिस्चितकालिन बाटो बन्द



अ+ अ-

नवलपरासी । सुस्ता पुर्ब नवलपरासिको गैडाकोट १० का स्थानिय बासिन्दाले अनिस्चितकालिन बन्द गर्नुको साथै एक ट्याकटर कब्जा छन् । गोर्खा ब्रुअरि कम्पनिबाट निस्किने प्रदुषण बाट स्थानिय जनताले सास्ती खेप्नु परेको छ ।

सुस्ता पुर्ब नवलपरासिको गैडाकोट १० पितौजिमा रहेको गोर्खा ब्रुअरि कम्पनिबाट निस्किने धुवाले बातावरण प्रदुषण हुनुका साथै स्थानियबासिन्दाले सडकमा हिड्दा नाक मुख समेत थुन्नुपर्ने बाध्यता रहेको थियो । पटक पटक जनताले बिभिन्न किसिमका आन्दोलन गर्दै आएपनि स्थानिय केहि नेतालाइ किनेका कारण जनताको माग हाल सम्म सुनवाइ नभएपछि हामीले यो निर्णय लिन पुगेको एक स्थानियले बताएका छन ।

स्थानियले बाटो बन्दपद्धि घटना स्थलमा पुगेका गैडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेललाइ समेत घेरा हालेको थियो । मेयर पौडेलले भोलि कम्पनि र जनताबिच बार्ता गराउने हाम्रा स्थानिय रिपोर्टर बिबि खराललाइ जानकारी दिएको बताए । आज बिहानपनि गोर्खा ब्रुअरिको ट्याकटरले कम्पनिको दिशा जनताको आगानहुदै छर्दै हिडेसि उक्त ट्याकटर जनताले कब्जा गरि गोर्खा ब्रुअरि छिर्ने बाटो अनिस्चितकालिनको लागि बन्द गरिदिएसि उत्पन्न समस्या बुझ्न घटना स्थलमा पुगेका मेयर स्वयम उक्त प्रदुषण बाट खप्न नसकेसि मुख छोपि घटना स्थलमा पुगेका थिए ।

स्थानिय जनताले गोर्खा ब्रुअरि बाट निस्केका प्रदुषण रोक्न सरकार र सरोकारहरुलाइ बार बार आग्रह गर्दै आन्दोलन गरेतापनि उक्त सुनवाइ नभएको र स्थानिय नेताहरु पैसामा बिकेकाले आफुहरुले गन्धको काराण खाना सम्म खान नसकेको एक बृद्दा महिलाले बताइन । उक्त स्थानमा बहुरास्ट्रीय कम्पनि गोर्खा ब्रुअरिले carls berg,Tuborg,gorkha,dragen sanmigule गरि ५ पियपदार्थ बिअर उत्पादन गर्दै आइरहेको छ ।