१० भाद्र २०८३, बुधबार
,
Latest
बाढीपहिरोका कारण डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित रसुवाको बाढीलाई ‘जलवायु न्याय’ र ‘हिमाली सुरक्षा’को राष्ट्रिय एजेण्डा बनाउन राप्रपा सचेतक ओलीको माग बाढीपहिरो पीडितको उद्धारमा राज्यको सम्पूर्ण सामर्थ्य लगाउन रवि लामिछानेको आग्रह विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः रास्वपा सभापति लामिछाने विपद् प्रतिकार्यमा दलीय स्वार्थभन्दा माथि उठेर जुट्न सभापति लामिछानेको आह्वान सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस्ः रवि लामिछाने मन्त्रिपरिषद् बैठक : जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने रसुवाको बाढीमा घाइते ११ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत रसुवाका बाढीपहिरो प्रभावित क्षेत्रमा बागमती सरकारले आकस्मिक स्वास्थ्य टोली परिचालन गर्‍यो भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसमा छ बालबालिकाको मृत्यु



अ+ अ-

मस्को । रुसका विभिन्न शहरमा घरमा भएका आगलागीमा परेर छ बालबालिका सहित दश जनाको मृत्यु भएको रुसी सञ्चार माध्यमहरुले जनाएका छन् ।

उराल पर्वतको दक्षिणी क्षेत्रमा अवस्थित बास्कोरटोस्टानमा घरमा भएको आगलागीबाट तीन जना साना बालबालिकाको मृत्यु भएको छ । घरमा एक्लै छाडिएका ती बालबच्चा दुई र चार वर्षका थिए ।

इन्टरफ्याक्स समाचार संस्थाका अनुसार दक्षिणी साराटोभ क्षेत्रको क्रास्नी कुट गाउँमा आइतबार घरमा आगो लाग्दा दुई बच्चाको मृत्यु भएको छ ।

त्यस्तै, काजानमा पनि दुई वयस्क पुरुष र एक बच्चाको घरमा भएको आगलागीमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । रिया नोभोस्ती समाचार संस्थाले मस्कोको पेरेसभेटमा आइतबार भएको आगलागीमा दुई पुरुष र तीन बालबच्चा घाइते भएको जनाएको छ ।

भ्रष्टाचारका कारण रुसमा आगलागी सुरक्षा नियमहरु राम्रोसँग पालना नहुने समस्या रहेको बताइन्छ ।

गत मार्चमा केमेरोभोको एउटा सपिङ सेन्टरमा आगलागी हुँदा ६४ जनाको ज्यान गएको थियो, जसमा ४१ जना बालबालिका थिए । उक्त घटनापछि सरकारले रुसका सबै सपिङ सेन्टर र अरु सांस्कृतिक तथा मनोरञ्जन स्थलहरुमा आगलागी सुरक्षा नियमहरु पूरा गरे नगरेको जाँच गर्न आदेश दिएको छ । रासस




भर्खरै