५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘माछी बस्ने’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियाे सहित)



अ+ अ-


काठमाडौं । मिडिया टप नेपालको प्रस्तुतिमा गायक गोपाल तिवारीको ‘माछी बस्ने’ बोलको दोहोरी गीतको म्युजिक भिडियोे सार्वजनिक गरिएको छ ।

मिडिया टप नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले उक्त गीतको म्युजिक भिडियो विमोचन गरेका हुन् ।

सार्वजनिक गीतको लय, शब्द रचना माधव भण्डारीको रहेको छ । गीतमा गोपाल तिवारी र राधा तिवारीको आवाज छ ।

राजेश तिमिल्सीनाको निर्देशन तथा प्रकाश धमलाको सम्पादन रहेको म्युजिक भिडियोमा मौसम हिमालीको कोरियोग्राफी रहेको छ । रामजि खाँड र करिश्मा ढकालको नृत्य देख्न सकिन्छ । भिडियोका दृश्यहरु करन चौसिरले क्यामरामा कैद गरेका छन ।

कार्यक्रममा बोल्दै गायक तिवारीले आफुले बजारमा ल्याएको यो भाकाबाट निकै आशावादी रहेका बताएका थिए । करिव १० बर्ष पहिले ‘आए दिदि’ बोलको तीज भाकाबाट चर्चीत बनेका गायक तिवारीले दर्जनौं गीतहरुमा आवाज दिईसकेको बताएका छन् ।

कार्यक्रममा गीतका रचनाकार माधव भण्डारीले अहिलेको परिवेश सुहाउँदो भाका रहेका कारण पनि यो गीत सबैको मनमा बस्न सफल हुने बिश्वास गरे ।

कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ, नवलपरासीकी अध्यक्ष तथा गीतकी गायिका राधा तिवारी, हिमालयन ईन्टरनेश्नलका अध्यक्ष सविन घिसिङ, नेपाली राष्ट्रिय बाजा सारङ्गीका वरिष्ठ सर्जक खड्क गन्धर्व लगायतले गीतको शुभमना तथा आफ्नाकुराहरु राखेका थिए ।

म्युजिक भिडियाेः

https://youtu.be/uqosRb7sr-I