२ भाद्र २०८३, मंगलवार
,
Latest
दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको टिम सिक्सर्सलाई लाग्यो धक्का, सिक्सर्सबाट बिपिएलमा



अ+ अ-

बंगलादेश प्रिमियर लिगमा(बिपिएल)को टिम सिल्हेट सिक्सर्सका कप्तान डेविड वार्नर आगमी सोमबार अस्ट्रेलिया फर्किने भएका छन् ।

वार्नर चोटका कारण उपचारको लागि अस्ट्रेलिया फर्किन लागेको क्रिकेट अस्ट्रेलियाले जनाएको छ । क्रिकेट अस्ट्रेलियाका अनुसार वार्नरको दाया कोहनीमा चोट लागेको छ । वार्नरले शुक्रबार हुने ढाका डायनामाइट्स र शनिबार रंगपुर राइडर्सबीरुद्द भने खेल्न सक्ने संभावना छ ।

वार्नरले हाल सम्म सिक्सर्सबाट ५ खेलमा २ अर्धशतक सहित कुल १ सय ४१ रन बनाएका छन् । नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि सिक्सर्सबाट बिपिएल खेली रहेका छन् ।

गत मार्चमा दक्षिण अफ्रिकासँगको तेस्रो टेस्टको दौरानमा बलटेम्परिङ काण्डका कारण एक वर्षे अन्तर्राष्ट्रिय प्रतिबन्ध खेपी रहेका वार्नर र स्टिम स्मिथ आफ्नो फम जारी राख्न फे्रन्चाइज लिग खेल्दै आएका छन् ।

स्मिथ पनि चोटका कारण बिपिएलबाट अस्ट्रेलिया एक हप्ता अघिनै फर्किएका छन् । यी दुबै खेलाडीको प्रतिबन्ध आगमी मार्च ३० देखि सकिने छ । सिक्सर्सले जारी बिपिएलमा ५ खेलमा २ मा जित र ३ मा हारका साथ अंक तालिकाको छैटौं स्थानमा छ । एजेन्सी