१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको टिम सिक्सर्सलाई लाग्यो धक्का, सिक्सर्सबाट बिपिएलमा



अ+ अ-

बंगलादेश प्रिमियर लिगमा(बिपिएल)को टिम सिल्हेट सिक्सर्सका कप्तान डेविड वार्नर आगमी सोमबार अस्ट्रेलिया फर्किने भएका छन् ।

वार्नर चोटका कारण उपचारको लागि अस्ट्रेलिया फर्किन लागेको क्रिकेट अस्ट्रेलियाले जनाएको छ । क्रिकेट अस्ट्रेलियाका अनुसार वार्नरको दाया कोहनीमा चोट लागेको छ । वार्नरले शुक्रबार हुने ढाका डायनामाइट्स र शनिबार रंगपुर राइडर्सबीरुद्द भने खेल्न सक्ने संभावना छ ।

वार्नरले हाल सम्म सिक्सर्सबाट ५ खेलमा २ अर्धशतक सहित कुल १ सय ४१ रन बनाएका छन् । नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि सिक्सर्सबाट बिपिएल खेली रहेका छन् ।

गत मार्चमा दक्षिण अफ्रिकासँगको तेस्रो टेस्टको दौरानमा बलटेम्परिङ काण्डका कारण एक वर्षे अन्तर्राष्ट्रिय प्रतिबन्ध खेपी रहेका वार्नर र स्टिम स्मिथ आफ्नो फम जारी राख्न फे्रन्चाइज लिग खेल्दै आएका छन् ।

स्मिथ पनि चोटका कारण बिपिएलबाट अस्ट्रेलिया एक हप्ता अघिनै फर्किएका छन् । यी दुबै खेलाडीको प्रतिबन्ध आगमी मार्च ३० देखि सकिने छ । सिक्सर्सले जारी बिपिएलमा ५ खेलमा २ मा जित र ३ मा हारका साथ अंक तालिकाको छैटौं स्थानमा छ । एजेन्सी