२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोरी भाग्यमानीको नसिवमा मात्र हुन्छ (लघु कथा)



अ+ अ-

विवाहको पहिलो रात श्रीमान श्रीमती बीच एउटा शर्त भयो कि जो सुकै आओस कसैलाई ढोका नखोलिदिने । त्यही रात केटाको बा आमा आफ्नो छोरालाई भेट्न भनी कोठामा आए ।

ढोका ढकढक्याउदा उनिहरु श्रीमानले श्रीमतीको अनुहार हेर्यो दुवै मुखामुख गरे तर छोराले ढोका खोलेन भित्रबाट नै गफ गर्यो किनकि उ चाहादैन थियो श्रीमतीको मन नदुखोस र वचन पनि नतोडियोस । बा आमा बाहिरबाटै गफ गरेर फर्किए ।

पुनः केहीबेरमा श्रीमतीका बा आमा छोरीलाई भेट्न भनेर आए । ढोका ढकढक्याए । फेरि श्रीमान र श्रीमती हेराहेर गरे । दुवैले शर्त पनि याद गरे । श्रीमती श्रीमान नजिक आउछे र आँखा भरी आँसु बनाउदै भन्छे ।

म मेरा बा आमालाई यसो गर्न सक्दिन भन्दै ढोका खोलिदिन्छे । छोरीले बा आमालाइ भेट्छे । श्रीमान केही बोल्दैन उ चुप बसिरहन्छ ।
केही बर्षमा उनीहरुको जुम्ल्याहा छोरा जन्मिन्छन । परिवार खुब खुसी हुन्छ । पुनः केही बर्षमा छोरी जन्मिन्छे । बुबा अत्याधिक खुशी हुन्छ ।

खुशी थाम्न नसकेर गाउँलेलाइ भोज खुवाउँछ । श्रीमती अचम्ममा पर्छे र सोध्छे छोरा जन्मदा चाहिँ वास्ता गर्नु भएन छोरी जन्मँदा चाहिँ किन यो भोज ? श्रीमानले जवाफ दिन्छ यही सन्तान हो जसले मलाई कुनैदिन ढोका खोल्दिने छे । त्यसैले…………
छोरी भाग्यमानीको नसिवमा मात्र हुन्छ ।