१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले आज दोस्रो एकदिवसीय खेल यूएईविरुद्ध खेल्दै, भेषावकरबिना नै मैदान उत्रँदै



अ+ अ-

काठमाडौं । नेपालले आज आफ्नो दोस्रो एकदिवसीय शृंखलाअन्तर्गत पहिलो खेल संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्दै छ ।

अन्तर्राष्ट्रिय यात्राको २३ वर्षे इतिहासमा केवल दुई पटक एकदिवसीय खेल खेल्ने क्रममा नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेलेको थियो । नेपालले गत अगष्स्को पहिलो साता नेदरल्यान्ड्समै भएको दुई खेलको उक्त शृंखला बराबरीमा समाप्त पारेको थियो ।

नेपालले आजको खेलबाट जित हात पारेमा नयाँ किर्तिमान बनाउन सक्ने हुनाले आजको खेललाई महत्वका साथ हेरिएको छ । तर नेपालले यूएईलाई हराउन त्यति सहज मानिदैन किन भने आफ्नै मैदानमा खेल्न लागेको यूएई नेपालका लागि परम्परागत र बलियो प्रतिद्वन्द्वी हो । यूएईले नेपाललाई सधैं दबाबमा राख्ने गरेको छ । त्यसैले नेपालले आजको खेलमा सुधार गरेर मैदानमा राम्रो खेल खेल्न जरुरी देखिन्छ ।

यूएईविरुद्ध नेपालले खेलेको पछिल्लो एकदिवसीय खेलमा समेत नेपाल पराजित भएको छ । गत अगस्टमा मलेसियामा भएको एसिया कप छनोट प्रतियोगितामा यूएईले नेपाललाई ७८ रनले हराएको थियो ।

यूएई आफ्ना नियमित कप्तान रोहन मुस्तफा र अन्य दुई अनुभवी खेलाडीबिना नै नेपालविरुद्ध मैदानमा उत्रँदै छ । नेपाल पनि बिरामी परेका आफ्ना अनुभवी ब्याट्सम्यान शरद भेषावकरबिना मैदान उत्रँदै छ ।