१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप जोराको अर्ध शतक



अ+ अ-

काठमाडौं । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा सन्दीप जोराले अर्ध शतकपूरा गरेका छन् ।

आशा लाग्दा ब्यट्सम्यानहरुले निराशा जनक खेले खेलिरहदाँ सन्दीप जोराले अर्ध शतकीय पारि खेलेका हुन् । उनले ४१ बलमा ५० रन पुरा गरे । अरु खेलाडि हतासमा खेले पनि जोरा हतासमा खेलेनन् ।

यू–१९ क्रिकेट टिमका खेलाडी समेत रहेका जोराले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो करिअरकै डेब्यु खेलमा अर्धशतक बनाएका हुन् ।

एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा यूएईविरुद्ध राष्ट्रिय टिममा पहिलो पटक डेब्यु गरेका सन्दीपले १९ रन बनाएका थिए ।