३० जेष्ठ २०८३, शनिबार
,
Latest
पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित ‘भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय स्थलहरू भरिभराउ’ आँपको सुगन्ध र लिचीको मिठास- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलाहरू सातामा तीन पटक झूटो बोल्छन्, पुरुष कति पटक बोल्छन् ?



अ+ अ-

काठमाडौँ । हालै गरिएको एक अध्ययनमा खुलासा भए अनुसार पुरुष महिलाहरू भन्दा धेरै झूटो बोल्दछन् । एकातिर महिलाहरू कसैको भावनामा ठेस नपुगोस भन्ने डरले साँचो कुरा लुकाउछन् भने, अर्कोतिर पुरूष आफ्नो पैसा बचाउँन वा बहसमा जित्नका लागी झूटोको साहरा लिने गर्दछन् । औसतमा पुरुषहरू सातामा ४ पटक झुटो बोलने गर्दछन् वा साँचो कुरा लुकाउने कोशिश गर्दछन् ।

जबकि महिलाहरू सातामा तीन पटक यसो गर्दछन् । कसैलाइ मुस्किल अबस्थाबाट निकाल्ने मामलामा पनि पुरुषहरू प्रायजसो झूटो बोल्दछन् । पुरुषहरू कुनैपनि कुरालाइ अझ बढि सनसनीखेज बनाउने कोशिश गर्दछन् । २००० जना ब्रिटिश युवकहरूमाथि गरिएको ताजा एक सर्वेमा यो कुराको खुलासा भएको हो ।

मानिसहरू सबैभन्दा धेरै झूट आफ्नो मूडलाइ लिएर बोल्दछन् । दुखित पुरूष दुखी भएर पनि ‘म ठीक छु’ भनेर झूटो बोल्दै यस कुरालाइ रोक्ने गर्दछन् । अर्को सबैभन्दा झूटो कुरा कुनै गिफ्ट मन नपरेपनि दिनेलाइ नराम्रो नलागोस भनेर राम्रो भन्ने गर्दछन् । यस पछि कुनै चीजको मूल्य तथा रोगका बारेमा पुरूषहरू सबैभन्दा धेरै झूटो बोल्ने गरेको कुरा उक्त सर्वेमा देखिएको छ ।