७ पुष २०८२, सोमबार
,
Latest
ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलाहरू सातामा तीन पटक झूटो बोल्छन्, पुरुष कति पटक बोल्छन् ?



अ+ अ-

काठमाडौँ । हालै गरिएको एक अध्ययनमा खुलासा भए अनुसार पुरुष महिलाहरू भन्दा धेरै झूटो बोल्दछन् । एकातिर महिलाहरू कसैको भावनामा ठेस नपुगोस भन्ने डरले साँचो कुरा लुकाउछन् भने, अर्कोतिर पुरूष आफ्नो पैसा बचाउँन वा बहसमा जित्नका लागी झूटोको साहरा लिने गर्दछन् । औसतमा पुरुषहरू सातामा ४ पटक झुटो बोलने गर्दछन् वा साँचो कुरा लुकाउने कोशिश गर्दछन् ।

जबकि महिलाहरू सातामा तीन पटक यसो गर्दछन् । कसैलाइ मुस्किल अबस्थाबाट निकाल्ने मामलामा पनि पुरुषहरू प्रायजसो झूटो बोल्दछन् । पुरुषहरू कुनैपनि कुरालाइ अझ बढि सनसनीखेज बनाउने कोशिश गर्दछन् । २००० जना ब्रिटिश युवकहरूमाथि गरिएको ताजा एक सर्वेमा यो कुराको खुलासा भएको हो ।

मानिसहरू सबैभन्दा धेरै झूट आफ्नो मूडलाइ लिएर बोल्दछन् । दुखित पुरूष दुखी भएर पनि ‘म ठीक छु’ भनेर झूटो बोल्दै यस कुरालाइ रोक्ने गर्दछन् । अर्को सबैभन्दा झूटो कुरा कुनै गिफ्ट मन नपरेपनि दिनेलाइ नराम्रो नलागोस भनेर राम्रो भन्ने गर्दछन् । यस पछि कुनै चीजको मूल्य तथा रोगका बारेमा पुरूषहरू सबैभन्दा धेरै झूटो बोल्ने गरेको कुरा उक्त सर्वेमा देखिएको छ ।