८ भाद्र २०८३, सोमबार
,
Latest
सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको एक विद्यालयमा सात जना शिक्षिका एकैपटक गर्भवती !



अ+ अ-

अमेरिका । अमेरिकाको केन्सासस्थित गोडार्डको एक प्राथमिक स्कूलमा सात जान शिक्षिकाहरु एकैसाथ गर्भवती भएका छन् ।

स्कुलकी प्रिन्सिपल एश्ले मिलरका भनाईमा उनको दुई दशकको करियरमा पहिलो पटक यस्तो घटना भएको बताइन् । ७ औं कक्षाकी शिक्षिकाले उनी कहाँ आएर आफू गर्भवती भएको बताउँदा अचम्म परेको बताइन् । खासमा त्यस अघिनै ६ शिक्षिकाहरुको एकसाथ गर्भवती भएको बताइसकेका थिए ।

क्याटी नामको एक शिक्षिका यसका पछाडि कुनै योजना नभएको बताइन् । उनले यो शुद्ध संयोग मात्र भएको बताइन् ।

एउटै विद्यालयका ७ शिक्षिका गर्भवती भएको खबर पुरै शहरमा फैलिएको छ । मानिसहरुले यसलाई हसि–मजाकको रुपमा लिइरहेका छन् । प्रिन्सिपलले ७ जना शिक्षिकाहरु मातृत्व अवकाशमा जाँदा नयाँ शिक्षिकाहरु ल्याएर खाँचो हुन नदिने बताइन् ।

प्रिन्सिपलले ७ शिक्षिकाबाट ८ बच्चा जन्मन लागेको पनि जानकारी दिइन् । उनका अनुसार ४ कक्षामा पढाउने केलीको गर्भ जचाउँदा गर्भमा जुम्लाहा रहेको बताएकी छन् ।