२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

किम्फको १९ औं संस्करण मंसिर तेस्रो साता हुने



अ+ अ-

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)को १९ औं संस्करण मंसिरको तेस्रो साता हुने भएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही मंसिर २३ देखि २७ गतेसम्म महोत्सव आयोजना हुने जानकारी दिएको हो । 

किम्फको यो संस्करणमा वृत्तचित्र, फिक्सन, प्रयोगात्मक, लघु चलचित्र र एनिमेसन गरी विभिन्न २८ देशका ६० भन्दा बढी चलचित्रको अनलाइन र प्रत्यक्ष  प्रदर्शन गरिने भएको छ । 

यो वर्ष  किम्फमा एउटा विधा ‘जलवायु कर्म’ राखिएको बताइएको छ । किम्फको  उद्घाटनको लागि  भारतका  वातावरणविद् सोनम वाङ्चुक आउनुहुने भएको छ।  महोत्सवमा अनलाइनबाट देखाइने चलचित्रहरु किम्फको अफिसियल वेबसाइटमा दर्शकले महोत्सवको अवधिभर हेर्न सक्ने जनाइएको छ । 

यस अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रथम स्थान हासिल गर्नेलाई २ लाख रुपैयाँ, दोस्रो हुनेलाई डेढ लाख र तेस्रो स्थान हासिल गर्नेलाई एक लाख रुपैयाँ नगद पुरस्कार दिइने भएको छ । नेपाली पानोरमामा उत्कृष्ट हुने वृत्तचित्रले ७५ हजार रुपैयाँ र उत्कृष्ट चलचित्रले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै उत्कृष्ट माउन्टेन फिल्मले एक हजार अमेरिकी डलर प्राप्त गर्ने आयोजकले बताएको छ ।