१४ आश्विन २०८१, सोमबार
,
Latest
कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने पानी घटेपछि बाढीपीडितहरू घर फर्किए अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै बाढीले बल्खु तरकारी बजारमा रु तीन करोडको क्षति दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर प्रधानमन्त्री ओली स्वदेश फिर्ता महासभाको दौरानमा भएका भेटवार्ता द्विपक्षीय सम्बन्ध सुधारमा सहयोगी: अमेरिका सर्वोच्चका प्रश्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको संसदीय सुनुवाई प्रक्रिया शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतद्वारा न्यूजील्यान्ड ३७२ रनले पराजित



अ+ अ-

भारतले मुम्बई टेस्ट क्रिकेटमा न्यूजील्यान्डलाई ३७२ रनले पराजित गरेको छ । यो जितसँगै भारतले दुई खेलको शृंखला कब्जा गरेको छ । कानपुरमा भएको पहिलो टेस्ट भने बराबरीमा टुंगिएको थियो ।

भारतले न्यूजील्यान्ड समक्ष ५४० रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । तर न्यूजील्यान्ड १६७ रनमै अलआउट भएको थियो । न्यूजील्यान्डले पहिलो इनिङमा पनि ६२ रन मात्र बनाएर फितलो खेल प्रदर्शन गरेको थियो ।

न्यूजील्यान्डलाई सस्तैमा समेट्ने क्रममा भारतीय स्पिनर रविचन्द्रन अश्विन र जयन्त यादवले ४–४ विकेट लिएका थिए ।

अब भारतले दक्षिण अफ्रिकाको भ्रमण गर्नेछ ।

मुम्बई टेस्टको स्कोरबोर्ड

भारत : ३२५ रन, २७६/७ (पारि समाप्तीको घोषणा)

न्यूजील्यान्ड : ६२ रन, १६७ रन