एजेन्सी । बलिउड स्टार सुनील शेट्टीका छोरा अहान शेट्टीको डेब्यु फिल्म ‘तडप’ अहिले सिनेमाघरमा लागिरहेको छ ।
यसअघि रिलिज भएका फिल्महरुलाई पछि पार्दै यस फिल्मले बक्सअफिसमा उत्साहजनक कलेक्शन गरेको छ ।
फिल्मले रिलिजको दिन अर्थात शुक्रबार ४.५ करोड, शनिबार ४.१२ करोड र आइतबार ५.३५ करोड गर्दै तिन दिनमा १३.५२ करोड कलेक्शन गरेको ट्रेड एनालिस्ट तरण आदर्शले जानकारी दिएका छन् ।
फिल्ममा अहान शेट्टी र तारा सुतरिया प्रमुख भूमिकामा छन् । यो फिल्म तेलूगु सुपरहिट ‘आरएक्स १००’को हिन्दी रिमेक हो जसलाई मिलन लुथरियाले निर्देशन गरेका छन् भने साजिद नाडियाडवालाको लगानी रहेको छ ।