१ पुष २०८२, मंगलवार
,
Latest
एमालेको ११ औं राष्ट्रिय महाधिवेशनः चौथो दिन कार्यकर्ताको उत्साहपूर्ण चहलपहल राजश्वले कुनै लक्ष्य भेटेन इन्टरनेटको प्रयोग बिना मानिसहरु बाँच्नै नसक्ने भएः प्रदीप पौडेल ‘नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार–२०२५’ सम्पन्न, कोरीयाली लगानी र प्रविधिबारे चासो डिजिटल युगमा प्रविधिले न्यायलाई सहयोग गर्नुपर्छ, प्रतिस्थापन होइनः न्यायाधीश सुवेदी राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाले दिए राजीनामा, राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्ने नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षकमा हर्षल पाठक नियुक्त पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ : विष्णु पौडेल एमालेको खुल्ला केन्द्रीय सदस्यमा बर्तौलाको उम्मेदवारी काव्य साँझः ‘कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसकारण भगवान विष्णु सर्पको ओछ्यानमा सुत्छन् !



अ+ अ-

भगवान विष्णु विभिन्न अवतारमा देखिन्छ । कुनैमा उनी गरुडमा सवारी भएको देखिन्छ, कुनैमा शंख, चक्र, गदा, पद्मा साथ देखिन्छ । कति चित्रमा चाहि उनी सर्पको ओछ्यानमा आरमले सुतेको देखिन्छ । हिन्दु धर्मले यो विशाल सर्पलाई शेषनाग भनेको छ । यस चित्रणको खास महत्व छ ।

भगवान विष्णुले केहि अवतार लिएका छन् । उनलाई पापको सागरबाट दुनियाँलाई मुक्त गर्ने प्रतिकको रुपमा मानिन्छ । भगवान विष्णुको वाहन त गरुड हो । तर, शेषनाग पनि उनको प्रत्येक अवतारमा जोडिएको छ ।

समयको मार्गदर्शक :जब संसारमा पाप बढेर गएको थियो, तब विष्णुले विश्वको उद्वार गरेका थिए । शेषनाग ‘अनन्त’ अर्थात जसको कुनै सीमा छैन, त्यसको प्रतिक हो । भगवान विष्णुले उपयुक्त समयमा मानव जातिको मार्गदर्शन गरेको थियो । यहि कारण उनी सर्पले लपेटिएको देखाइएको हो ।

विष्णुको अभिव्यक्ति :हरेक पटक संसारलाई मुक्त गर्नका लागि विष्णुले केहि रुप र आकारमा जन्म लिए । हिन्दु धर्मका अनुासर शेषनाग भगवान विष्णुको उर्जाको प्रतिक हो, जसमा उनी आरम गर्छन् ।

सबै ग्रह बस्ने आसन :हिन्दू पौराणिक कथा अनुसार शेषनागले आफ्नो कुन्डलीमा सबै ग्रहलाई राखेको छ । र, उसले भगवान विष्णुको मन्त्रोच्चारण गर्छ । यदि भगवान विष्णु सम्पूर्ण बम्हान्ड, ग्रह र तारको प्रतिको हो ।

विष्णुको रक्षक :शेषनाग भगवान विष्णुको केवल आरम गर्ने स्थान मात्र होइन, रक्षक पनि हो । त्यस समयमा भगवान कृष्णलाई जव उनको पिता वासुदेवले जन्मनसाथ जेलबाट घरमा लादै थिए, त्यसबेला शेषनागले तुफानबाट रक्षा गरेका थिए । अर्थात शेषनाग एक रक्षक पनि हुन् ।

शेषनागको साथ :नराम्रो एवं खराब शक्तिलाई नष्ट गर्ने क्रममा शेषनागले भगवान विष्णुको साथ दिए । त्रेता युगमा शेषनागले लक्ष्मणको रुप लिएको थियो, द्वापर युगमा बलरामको रुप । र, दुबै जन्ममा उनले राम र कृष्णको साथ दिएका थिए ।